बिहीबार, कार्तिक ८,२०८१ 10:18:26
IME remit
  • बिहीबार, कार्तिक ८,२०८१ 10:18:26
IME remit
Global IME Bank Limited

प्राइम कमर्सियल बैंक र सांग्रिला डेभलपमेन्ट बैंकबीचको अन्तर बैंक सेवा सुरु

Hyundai Nepal
प्राइम कमर्सियल बैंक र सांग्रिला डेभलपमेन्ट बैंकबीचको अन्तर बैंक सेवा सुरु
Nabil Bank Limited

काठमाण्डौ। नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले प्राइम कमर्सियल बैंक र सांग्रिला डेभलपमेन्ट बैंक सँगको सहकार्यमा अन्तर बैंक कार्डलेस विड्रअल सेवा सुरु गरेको छ। यस सेवामा आबद्ध बैंकहरुका ग्राहकहरुले सञ्जालमा रहेका मेसिन प्रयोग गरी बिना कार्ड मोबाइल बैङ्किङ वा कनेक्टआइपिएसको माध्यमबाट नगद निकाल्न सकिने व्यवस्था थप गरिएको छ। 

अब दुबै बैंकका ग्राहकहरुले यस सेवाको सुरूवात पश्चात् एउटा बैंकको खाताबाट अर्को बैंकको एटीएम मेसिन प्रयोग गरी समेत बिना कार्ड नगद झिक्न सक्ने भएको छ।  

Bizshala
Shivam Cement
CG Motors

हालका लागि ग्राहकहरुले एनसीएचएलले सञ्चालन गर्दै आएको रिटेल प्ल्याट्फर्म अन्तर्गत कनेक्टआइपीएसमा रजिष्टर गरी आफ्नो लिङ्क गरिएको प्राइम कमर्सियल बैंक वा सांग्रिला डेभलपमेन्ट बैंकको खाताबाट सो सुविधा प्रयोग गर्न सक्नेछन्।

ग्राहकले कनेक्टआइपिएस मोबाइल एपमा लग इन गरी कार्डलेस विड्रअल अप्सनमा क्लिक गरी निष्कासन गर्ने बैंक खाता छनौट गर्नुपर्दछ।

यस पश्चात् कनेक्टआइपीएसमा रजिष्टर गरिएको मोबाइल नम्बरमा प्राप्त भएको ओटीपीलाई सञ्जालमा उपलब्ध बैंकको नजिकैको एटीएममा उक्त ओटीपी प्रयोग गरी नगद झिक्न सकिनेछ।

हाल यो सेवा प्राइम कमर्सियल बैंक र सांग्रिला डेभलपमेन्ट बैंककोे एटीएममा उपलब्ध रहेको छ भने सो सेवा चरणबद्ध रुपमा थप अन्य सदस्य बैंक वित्तीय संस्थाहरुमा पनि विस्तार गरिने योजना रहेको छ।  

अहिले बैंकका ग्राहकहरुले कार्डलेस विड्रअल सेवा आफ्नै बैंकको एटीएमबाट मात्र गर्न सकिने व्यवस्था रहेकोमा यस नयाँ सुविधाजनक सेवाको शुरूवात पश्चात् ग्राहकहरुले सजिलै अर्को बैंकको एटीएमबाट समेत बिना कार्ड नगद निकाल्न सक्ने व्यवस्था भएको छ। 

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.