आईतवार, बैशाख ७,२०८२ 01:56:56
IME remit
  • आईतवार, बैशाख ७,२०८२ 01:56:56
IME remit
Global IME Bank Limited

विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कको एक्समा किन आयो समस्या ? हेर्नुहोस् यस्तो छ कारण !

Hyundai Nepal
विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कको एक्समा किन आयो समस्या ? हेर्नुहोस् यस्तो छ कारण !
Nabil Bank Limited

काठमाण्डौ। विश्वमा एलन मस्कको नाम नसुन्ने व्यक्ति कमै होलान्। वर्तमानमा आफ्नो कामबाट सारा विश्वलाई प्रभाव पार्न सफल व्यक्ति हुन् उनी। उनी खासगरी उद्यमी युवाको माझ त लोकप्रिय छँदैछन्, त्यसमा पनि उनले हालसम्म हासिल गरेका सफलता र ती सफलताका लागि गरेको सङ्घर्ष तथा लगानीकर्ताको मन जित्नमा पाएको सफलता हेर्दा उनको प्रगतिमा रिस गर्नेहरु पनि कम छैनन्।

उनी इन्जिनियर मात्र होइनन् कि नवीकरणीय ऊर्जाबाट चल्ने सवारी साधन एवम् मानवतामैत्री आर्टिफिसियल इन्टेलिजेन्सका समेत वकालतकर्ताका साथै लगानीकर्ता समेत हुन्  उनले नयाँ नामकरण गरेको एक्स अर्थात् ट्विटर एउटा चर्चित नेटवर्क साइट हो। ट्विटर र टेस्ला कम्पनीका माध्यमबाट सङ्कलित डाटा पनि समग्र विश्वकै लागि एउटा ठूलो स्रोत हो, ऊर्जा हो। प्रविधिलाई साधन मान्ने हो भने डाटा चाहिँ सो साधनमा प्रयोग हुने इन्धन वा ऊर्जा नै हो।

हुन त उनी विश्वका सबैभन्दा धनी व्यक्ति हुन् तर अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पसँग एक्स प्लाटफर्ममा भएको उनको हालैको कुराकानीले के देखाएको छ भने एलन मस्कले एक्सको प्राविधिक समस्या अझै पनि समाधान गर्न सकिरहेका छैनन्। यो वर्ष हुने अमेरिकी राष्ट्रपति चुनावका उम्मेदवारसमेत रहेका डोनाल्ड ट्रम्पसँग मस्कले लिएको अन्तरवार्ता निर्धारित समयभन्दा ४० मिनेट ढिलोगरी सुरु भएको थियो। त्यसक्रममा एक्स प्लाटफर्मले प्राविधिक समस्याको सामना गर्नुपरेको थियो।

Shivam Cement
Bizshala
CG Motors

हुन त यो सोसल मिडिया प्लाटफर्म एक्सको पहिलो हाइप्रोफाइल खराबी होइन। सन् २०२३ को मे महिनामा फ्लोरिडाका गभर्नर रोन डी सान्टिसले एक्समै एलन मस्कसँग ह्वाइट हाउसको लागि आफ्नो दाबी पेस गर्ने प्रयास गरेका थिए। तर, उनको चुनावी अभियानको असफलता जस्तै एक्समा उनको मस्कसँगको अन्तरवार्ता पनि सुरुवात देखि नै समस्याग्रस्त बन्यो। उनी एक्समा बोल्न पाउनु अघि नै लामो समयसम्म बसेर कुर्नुपरेको थियो।

यस्तो लाग्थ्यो कि यो एक सावधानीपूर्ण कथा हो जसलाई मस्कले निकै ध्यान दिइरहेका थिए। ट्रम्पसँगको अन्तरवार्ताको अघिल्लो दिन उनले एक्सको स्पेसमा एक प्रणाली मापक परीक्षण गर्न थालेको बताएका थिए। तथापि उक्त तयारीका बाबजुत उनी त्यस अवधिमा देखिएका प्राविधिक समस्या हल गर्न असमर्थ भए। रोयटर्सका अनुसार उक्त अन्तरवार्ता त्यसक्रममा अधिकतम १३ लाख सम्मले एकसाथ सुनेका थिए।

तर, अन्तरवार्ता सुरु भएलगत्तै एक्समा अचबबजभम शब्द ट्रेन्डिङ भयो जब प्रयोगकर्ताहरुले उक्त हाइप्रोफाइल सफलताका बारेमा पोस्ट गर्न थाले। त्यस अवसरलाई कतिपयले मस्कको खिसीट्युरी गर्नमा प्रयोग गरे। कतिपयले चाहि सो अन्तरवार्ता निकै धेरै मानिसले चासो पूर्वक सुन्न थालेका कारण इन्टरनेट नै क्रयास भएको भन्दै व्यंग्य गरे। तर, त्यसबीचमा कथाले अर्कै मोड लियो। 

मस्कले त्यसबेला देखा परेका प्राविधिक समस्या आउनुमा आफ्नो गल्ती नभएको र एक्स प्लाटफर्ममाथि साइबर हमलाको प्रयास हुँदा त्यस्तो भएको दाबी गरे। मस्कले एक पोस्ट गर्दै एक्समाथि व्यापक रुपमा म्म्यक् आक्रमण भएको बताए। जसमा साइबर आक्रमणकारीहरुले वेबसाइट ओभरलोड गर्ने प्रयास गर्दछन् जसले साइटलाई प्रयोग गर्न कठीन बनाउने तथा पहुँचबाट टाढा गराउने गर्दछ।

निर्धारित समयभन्दा ४० मिनेट ढिलो गरी ट्रम्पसँगको अन्तरवार्ता सुरु भएपछि पनि ट्रम्पले साइबर आक्रमणको दाबी गरिरहे। ट्रम्पले आज के भन्छन् भन्ने कुरा अमेरिकामा उनका विपक्षीहरुले पनि सुनिरहेको उनको दाबी थियो। मस्कले एक्स प्लाटफर्ममा साइबर आक्रमण भएको दाबी गरेपनि त्यस्तो कुनै आक्रमणको प्रमाण नदेखिएको द भर्जले जनाएको छ। यद्यपि क्लाउडफ्लेयरका प्रमुख म्याथ्यु प्रिन्सचाहिं त्यो डिडिओएस आक्रमण हुनसक्ने बताउँछन्।

तर, एक्सले आफ्नो स्पेस सिस्टमको सुरक्षाका लागि क्लाउडफ्लेयरको प्रयोग नगर्ने भएकाले उसमाथि साइबर आक्रमण भए नभएको आफूहरुले पत्ता लगाउन नसक्ने उनको भनाइ छ। उता नेटब्लक्सका निर्देशक एल्प टोकरचाहिं साइबर आक्रमणको समस्या कसरी समाधान भयो भन्ने सम्बन्धमा एक्सले गरेको व्याख्या विश्वसनीय नरहेको बताउँछन्।

साइबर आक्रमणको समस्या हटाउनका लागि लाइभ सुन्ने स्रोताको संख्या घटाएको मस्कको दाबीलाई आधार मान्दा स्पेसमा साइबर आक्रमण नभइ प्रयोगकर्ताको ट्राफिक धान्न नसक्दा त्यस्तो समस्या निम्तिएको आँकलन गर्न सकिने उनको भनाइ छ। यस अर्थमा एक्सको अडियो प्लाटफर्म स्पेसमा स्रोताको संख्याको क्षमता कम रहेको पुष्टि हुन्छ। 

विश्लेषकका अनुसार पछिल्लो घटनाले एक्सलाई एउटा सम्पूर्ण एप बनाउने मस्कको महत्वाकांक्षाका बाबजुत एक्स अझै पनि विश्वायोग्य प्लाटफर्मको रुपमा स्थापित हुन नसकेको देखाएको छ। -एजेन्सी

Laxmi Sunrise Bank Limited
Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.