शनिबार, श्रावण २३,२०८३ 06:29:58
Bizshala
  • शनिबार, श्रावण २३,२०८३ 06:29:58
Bizshala
Global IME Bank Limited

आर्थिक सुधार आयोग गठन हुनु सकारात्मक: महासङ्घ

आर्थिक सुधार आयोग गठन हुनु सकारात्मक: महासङ्घ
New Office

काठमाण्डौ । अर्थमन्त्रालयले सय दिनको कार्यक्रममा उच्चस्तरिय आर्थिक सुधार आयोग गठन गर्ने बिषय समावेश गरेकोमा महासंघले यसलाई सकारात्मक रुपमा लिएको छ । महासंघले सुधारका लागि समन्वय गर्न उच्चस्तरिय आयोगको माग राख्दै आइरहेको थियो ।  

अर्थतन्त्र सम्वद्ध क्षेत्रबीच समन्वयको अभाव, निजी क्षेत्रको नीति निर्माण तहमा सिमित पहुँच र तत्कालीन एवं दीर्घकालीन रुपमा अर्थतन्त्र चलायमान बनाइ दिगो आर्थिक बिकास हासिल गर्नु पर्ने अहिलेको आवश्यकता भएकोले महासंघले आयोगको प्रस्ताव सरकारसमक्ष राखेको थियो । 

महासंघको प्रस्ताव बमोजिम आयोगलाई सरकारले प्राथमिकता दिएकोमा आभार व्यक्त गर्दछु, महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले भने ।  

यसलाई अर्थमन्त्रालयले सय दिनको प्राथमिकतामा समावेश गरेकोमा उप प्रधानमन्त्री एवं अर्थमन्त्री बिष्णु पौडेल सहित मन्त्रालयलाई महासंघ धन्यवाद ज्ञापन गर्दछ । महासंघले मितव्ययी रुपमा आयोग संचालनको ढाँचा पनि प्रस्ताव गरेको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.