काठमाण्डौ। चालु आर्थिक वर्षको पहिलो महिना साउनमा करिब १८ अर्ब रूपैयाँ पुँजीका ६ ठूला उद्योगसहित ६६ उद्योग दर्ता भएका छन्। उद्योग विभागको तथ्यांक अनुसार उद्योग क्षेत्रमा उल्लेखनीय सुधारको भएको देखिन्छ।
गत वर्षको तुलनामा यो साउनमा मात्रै लगानी प्रतिबद्धता ४९ प्रतिशतले बढेको छ। खासगरी, पर्यटन, सेवामूलक र सूचना प्रविधि क्षेत्रमा लगानीकर्ताहरूको रूचि बढेको बताइएको छ। कुल १७ अर्ब ७९ करोड रूपैयाँ लगानीमा यी उद्योगहरूले ३ हजार ७५ जनालाई रोजगारी प्रदान गर्ने अनुमान गरिएको छ।
ठूला उद्योग दर्तामा गत बर्षको तुलनामा उल्लेखनीय सुधार देखिएको छ।यस अवधिमा करिब १८ अर्ब ९१७ अर्ब ७९ करोड रूपैयाँ बराबरको कुल पुँजीका ६ ठूला उद्योगसहित ६६ उद्योग दर्ता भएका छन्।
यस्तै, ६ ठूला र ७ मझौला उद्योगसहित कुल ६६ उद्योग दर्ता भएका छन्। गत आर्थिक वर्ष २०७९/८० को साउन महिनामा जम्मा ६ अर्ब रूपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको थियो। यस वर्ष लगानी प्रतिबद्धता ४९ प्रतिशतले बढेर ११ अर्ब ९२ करोड रूपैयाँ पुगेको छ।
ठूला र मझौला उद्योगहरूको दर्तामा पनि वृद्धि भएको देखिएको छ। गत वर्ष साउनमा दुई ठूला र चार मझौला उद्योग दर्ता भएका उद्योग विभागको तथ्यांकले देखाएको छ।