काठमाण्डौ । मिसेस नेपाल वर्ल्ड र लुयान नेपालबीच राइड पार्टनरसम्बन्धी हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ ।
आगामी भदौ १५ गते अडिसन राउण्ड हुँदै सुरु हुन लागेको मिसेस नेपाल वर्ल्ड २०२४ को लागि राइड पार्टनरको रुपमा लुयान ब्राण्डको इलेक्ट्रिक स्कुटरको बिक्रेता जीरो इमिसन राइड एनसँग आयोजक रिबन इन्टरटेनमेन्ट प्रालिले हस्ताक्षर गरेको हो ।
समझदारीपत्रमा लुयान नेपालका प्रबन्ध निर्देशक दुर्वास नगरकोटी र मिसेस नेपालका सीईओ निसुु झाले हस्ताक्षर गरेका छन् । कार्यक्रममा बोल्दै लुयान नेपालका प्रबन्ध निर्देशक नगरकोटीले भने, ‘हामीे,लुयान नेपाल आफ्नो इलेक्ट्रिक स्कुटरको व्यवसायलाई सवारी साधनको भविष्यको रूपमा अघि बढाउँदै, मिसेस नेपाल वर्ल्ड जस्तो महत्वपूर्ण प्रतियोगितालाई राइड पार्टनरको रुपमा सपोर्ट गर्न पाउँदा अत्यन्त गर्वित र उत्साहित छौं ।’


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।