बुधबार, श्रावण २०,२०८३ 10:04:07
Bizshala
  • बुधबार, श्रावण २०,२०८३ 10:04:07
Bizshala
Global IME Bank Limited

कुलमानलाई हटाउने सरकारको कुनै पनि योजना छैनः मन्त्री खड्का

कुलमानलाई हटाउने सरकारको कुनै पनि योजना छैनः मन्त्री खड्का
New Office

काठमाण्डौ । नेपाली कांग्रेसका नेता तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको कुनै योजना नरहेको बताएका छन् । निर्माणाधीन मध्य भोटेकोशी जलविद्युत र सवस्टेशन निरीक्षण गर्ने क्रममा मन्त्री खड्काले यस्तो बताएका हुन् ।

उनले कुलमानलाई सरकारसँग जोडेर अनेक प्रचारबाजी गरिएकामा चिन्ता व्यक्त गरे । ‘राम्रो मान्छे जुनसुकै दलको होस्, राम्रो भन्न सक्नुपर्छ, कुलमानले राम्रो काम गर्नुभएको छ, उँहालाई सरकारले हटाउनुपर्ने कुनै कारण छैन,’मन्त्री खड्काले भने ।

मन्त्री खड्काले सबै नागरिक सम्पन्न हुँदा मात्र देश समृद्धि हुने भएकाले सबै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए । मन्त्री खड्काले आर्थिक विकासका लागि ऊर्जा क्षेत्रको विकास आवश्यक रहेकाले यसको विकासका लागि स्थानीयवासीको साथ र सहयोग आवश्यक रहेको उल्लेख गरे ।  

मन्त्री खड्काले भारतसँग १० हजार मेगावाट विद्युत ब्रिक्री भएको उल्लेख गर्दै बंगलादेशसँग यससम्बन्धी सल्लाह भइरहेको बताए । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.