बिहीबार, श्रावण २८,२०८३ 01:13:10
Bizshala
  • बिहीबार, श्रावण २८,२०८३ 01:13:10
Bizshala
Global IME Bank Limited

बोलिङ्गरको मध्य ब्याण्डबाट पनि तल खस्यो नेप्से, अबको सपोर्ट कति–कतिमा ?

Prabhu Bank Limited
बोलिङ्गरको मध्य ब्याण्डबाट पनि तल खस्यो नेप्से, अबको सपोर्ट कति–कतिमा ?
New Office

काठमाण्डौ । आज पनि सेयर बजारमा दिनभरजसो उतारचढाव कायम नै रह्यो । पछिल्लो समय ३ हजारबाट करेक्सन आएको बजारमा आज पनि करेक्सन आयो । बजार घट्दै जाँदा भोल्युम पनि घट्दै गएको छ । प्राविधिक रुपमा आजको बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा आज बजार मध्य ब्याण्डबाट पनि तल खसेको छ ।  

यसले बजारमा बिक्री दबाब परेको बुझिन्छ । केही समय पहिले अपर ब्याण्डसँगै हिंडेको बजार आज मध्य ब्याण्डबाट पनि तल खस्नुले अब बजारले तल्लो ब्याण्डसम्म सपोर्ट लिन आउन सकने देखिन्छ । त्यो भनेको करिब २६ सयसम्म पनि हुन सक्छ ।  

म्याक्डी मार्फत नियाल्दा बजारमा अघिल्लो साता नै वियरिस क्रसओभर बनेको थियो । म्याक्डीमा हिस्टोग्राम नेगेटिभ र लामा लामा हुँदै गएका छन् । क्याण्डल स्टिकबाट नियाल्दा बजारमा अघिल्लो दिन बनेको इन्भर्टेड ह्याम्मर प्रकृतिको क्याण्डल आज  आज इन्भ्यालिड बनेको छ ।  

डेली बेसमा आरएसआई अझै पनि न्यूट्रल जोन ५२ को न्यूट्रल तहमा चलेको छ । समग्रमा ३ वटै इन्डिकेटरबाट नियाल्दा बजारमा बिक्री दबाब रहेको देखिन्छ । बजारलाई फिवोनासी मार्फत सपोर्ट हेर्दा हाल ०.२३ को सपोर्ट २८ सयलाई पनि ब्रेक गरेर तल झरेको छ । त्यस पछिको ०.३८ प्रतिशतको सपोर्ट भनेको २६६० देखिन्छ  ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो बिश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.