बिहीबार, श्रावण २८,२०८३ 01:13:29
Bizshala
  • बिहीबार, श्रावण २८,२०८३ 01:13:29
Bizshala
Global IME Bank Limited

आरएसआईमा न्यूट्रल जोनबाट पनि तल खस्यो बजार, कति–कतिमा छ अबको सपोर्ट ?

Prabhu Bank Limited
आरएसआईमा न्यूट्रल जोनबाट पनि तल खस्यो बजार, कति–कतिमा छ अबको सपोर्ट ?
New Office

काठमाण्डौ । साताको पहिलो कारोबारमा आज सेयर बजारमा करिब २ प्रतिशतको गिरावट आएको छ ।  यो गिरावटसँगै नेप्से परिसूचक २६९६ विन्दुमा बन्द भएको छ ।  

पछिल्लोपटक लगातार एक हजार अंकले बढेको बजारमा हालको करेक्सन सामान्य नै मान्न सकिन्छ । किनकी बजार घटेता पनि हालसम्म पनि बजारले फिवोनासीको ०.३८ प्रतिशतको करेक्नस भन्दा माथि नै रहेको छ । फिवानासीको आधारमा एकपटक बढेको बजार यदि ०.६१ प्रशितसम्म करेक्सन आउछ भने पनि त्यो बुल बजार भित्रकै करेक्सन मानिन्छ ।

त्यसैले हालको उच्च अंक  ३ हजारबाट भएको ३ सय अंकको करेक्सनलाई प्राविधिक रुपमा  स्वाभिक नै भन्न सकिन्छ । बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा यस अघि नै मध्य ब्याण्ड छोडेको छ । यदि बजार तल्लो ब्याण्डसम्म आउँछ भने त्यो २६२१ विन्दुसम्म हुन सक्छ । म्याक्डीमा बजार यस अघि नै वियरिस क्रसओभर बनेको छ । 

आरएसआई आज न्यूट्रल जोनबाट पनि तल खसेको छ । समग्रमा ३ वटै इन्डिकेटरबाट नियाल्दा बजारमा बिक्री दबाब देखिएको छ । पिभट् मार्फत बजारको सपोर्ट नियाल्दा अबको बजारको सपोर्ट क्रमशः २६६० ,२६०० र २५६० को विन्दुमा हुन सक्छ । यदि बढेमा भने बजारले २८०० , २९१७ र ३००० मा क्रमशः प्रतिरोध सामना गर्न सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.