बुधबार, श्रावण २७,२०८३ 08:34:56
Bizshala
  • बुधबार, श्रावण २७,२०८३ 08:34:56
Bizshala
Global IME Bank Limited

भारतमा बुक क्लोज भएको ३ दिनभित्रै बोनस सेयर डिम्याट खातामा आउने

Prabhu Bank Limited
भारतमा बुक क्लोज भएको ३ दिनभित्रै बोनस सेयर डिम्याट खातामा आउने
New Office

काठमाण्डौ । भारतका बोनस सेयर बुक क्लोज भएको ३ दिनभित्रै कारोबारका लागि उपलब्ध हुने भएको छ । यो नयाँ व्यवस्था आगामी अक्टोबर १ देखि लागू हुने भएको हो ।  

नयाँ व्यवस्थाअनुसार अब बोनस सेयर रेकर्ड डेटको ३ दिनपछि सेयरधनीहरुको डिक्याट खातामा आउने छ । अहिले भने भारतमा बुक क्लोजको लगभग दुई सातापछि मात्रै कारोबारका लागि उपलब्ध हुँदै आएको छ । भारतको सेयर बजार नियामक सेक्युरिटी बोर्ड अफ इण्डिया(सेबी)ले सेप्टेम्बर १६ मा एक सर्कुलर जारी गर्दै बोनस सेयरमा टी प्लस टु को व्यवस्था लागू गर्न निर्देशन दिएको छ । टी को अर्थ बुक क्लोज डेट हो ।  

सर्कुलरमा यसका लागि विभिन्न प्रक्रियाका बारेमा जानकारी दिइएको छ । बोनस जारी गर्ने कम्पनीले सेबी नियमावली २०१५ को नियमावली २८(१) बमोजिमको बोर्ड बैठकले बोनस जारी गरेको मितिले ५ कार्यदिन भित्र स्टक एक्सचेन्जमा निवेदन दिनुपर्नेछ।

निर्देशिका अन्तर्गत, बजारको दक्षता बढाउन र ढिलाई कम गर्न बोनस सेयरको कारोबार अब रेकर्ड मिति पछि दोस्रो कार्य दिनमा सक्षम हुनेछ ।  

यो व्यवस्था अक्टोबर १ पछि घोषणा गरिएका सबै बोनस सेयरहरुका लागि लागू हुनेछ ।  

यो कदमले बोनस सेयर बाँडफाँड र कारोबारबीचको समयको अन्तर घटाएर जारीकर्ता र लगानीकर्ता दुवैलाई फाइदा पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.