बुधबार, बैशाख २,२०८३ 02:08:52
Bizshala
  • बुधबार, बैशाख २,२०८३ 02:08:52
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेपाल वेयरहाउजिङको घाटा झण्डै ९५% ले बढ्यो, ईपीएस ११.६४ रुपैयाँले ऋणात्मक

Bizshala
नेपाल वेयरहाउजिङको घाटा झण्डै ९५% ले बढ्यो, ईपीएस ११.६४ रुपैयाँले ऋणात्मक
Shivam Cement

काठमाण्डौ । नेपाल वेयरहाउजिङको घाटा ९४.९६ प्रतिशतले बढेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले ८ करोड ३० हजार रुपैयाँ घाटा व्यहोरेको छ ।  

गत आर्थिक वर्षको सोही अवधिसम्म भने कम्पनीको घाटा ४ करोड १० लाख रुपैयाँ थियो ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

समीक्षा अवधिमा कम्पनीको आम्दानी भने ३५७.४५ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले यो अवधिसम्म १ करोड ४८ लाख रुपैयाँबराबरको कुल आम्दानी गरेको छ । कम्पनीले यो अवधिसम्म ९३ लाख १६ हजारबराबरको प्रत्यक्ष खर्च, कर्मचारीका लागि १ करोड ४२ लाख र अन्य सञ्चालनका लागि १ करोड खर्च गरेको छ । 

यस्तै कम्पनीले ३ करोड ३१ लाख रुपैयाँबराबरको वित्त खर्च गरेको छ । जुन अघिल्लो आवसम्म ८० लाख ९४ हजार रुपैयाँमा सीमित थियो । 

कम्पनीको कुल चालु सम्पत्ति १२ करोड ४० लाख र कुल चालु दायित्व ४ करोड २६ लाख रुपैयाँ रहेको छ ।  

CG Motors
Garima Development Bank
IME remit

कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ११.६४ रुपैयाँ ऋणात्मक, मूल्य आम्दानी अनुपात ७७.१४ गुणा र प्रतिसेयर नेटवर्थ ८८.४६ रुपैयाँ कायम भएको छ । 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.