बुधबार, श्रावण २७,२०८३ 09:39:33
Bizshala
  • बुधबार, श्रावण २७,२०८३ 09:39:33
Bizshala
Global IME Bank Limited

‘फाइनान्सियल रिपोर्टिङ’मा शतप्रतिशत अंक ल्याउँदै द ब्रिटिस कलेजका विद्यार्थी शर्मा बने विश्वकै सर्वोत्कृष्ट

Prabhu Bank Limited
‘फाइनान्सियल रिपोर्टिङ’मा शतप्रतिशत अंक ल्याउँदै द ब्रिटिस कलेजका विद्यार्थी शर्मा बने विश्वकै सर्वोत्कृष्ट
New Office

काठमाण्डौ । द ब्रिटिस कलेजको भगिनी संस्था ब्रिटिस प्रोफेशनल कलेज (बीपीसी)का विद्यार्थी आशुतोष शर्मा शतप्रतिशत अंक प्राप्त गर्दै विश्वकै सर्वोत्कृष्ट विद्यार्थी बनेका छन् । ब्रिटिस एजुकेशन ग्रुपअन्तर्गतको बीपीसीका विद्यार्थी शर्माले गत सेप्टेम्बरमा भएको एसीसीए (एसोसिएसनअफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट्स) अन्तर्गत फाइनान्सियल रिपोर्टिङको परीक्षामा पूर्णाङ्क प्राप्त गरेका हुन् ।

बीपीसी÷एसीसीएका विद्यार्थीहरुले विगतदेखि निरन्तर रुपमा विश्वमै सर्वोत्कृष्ट अंक प्राप्त गर्दै आएका छन् । अघिल्ला रेकर्डहरुलाई तोड्दै यस पटक शर्माले सर्वोत्कृष्ट अंक प्राप्त गरेका हुन् । यससँगै उनी नेपालबाट पहिलो पटक शतप्रतिशत अंक ल्याउने विद्यार्थी पनि बनेका छन् ।

यसअघि बीपीसीमा अध्ययनरत विद्यार्थीहरु दिपांशु थापा र हर्षवर्धन शाहले सन् २०२३ को जुन महिनामा भएको ‘ट्याक्सेसन’विषयको परिक्षामा क्रमशः९८ प्रतिशत ल्याउँदै विश्वकै दोस्रो र ९७ प्रतिशत अंक ल्याउँदै विश्वकै तेस्रो स्थान हासिल गरेका थिए । त्यस्तै, रञ्जन पौडेलले ‘स्ट्राटेजिक बिजनेश रिपोर्टिङ’ विषयमा ९१ प्रतिशत अंक ल्याएर दोस्रो स्थान हासिल गरेका थिए । रिया मानन्धर र रेजिका महर्जन पनि दुई पटकसम्म विश्वकै उत्कृष्ट विद्यार्थी बनेका थिए।

एसीसीए कार्यक्रम विश्वको सबैभन्दा ठूलो र द्रुतगतिमा अघि बढिरहेको अन्तराष्ट्रिय लेखा निकाय हो । विश्वका १८० देशमा फैलिएको एसीसीएमा ५ लाख २६ हजार भन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन् । बीपीसीमा अध्ययनरत विद्यार्थीहरुले विश्वस्तरको नतिजा ल्याउनु अविश्वसनिय उपलब्धि हो ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.