बिहीबार, श्रावण २८,२०८३ 01:13:49
Bizshala
  • बिहीबार, श्रावण २८,२०८३ 01:13:49
Bizshala
Global IME Bank Limited

बोलिङ्गरको अपर ब्याण्डमा डोजी स्टार, के होला अब बजार ?

Prabhu Bank Limited
बोलिङ्गरको अपर ब्याण्डमा डोजी स्टार, के होला अब बजार ?
New Office

काठमाण्डौ । केही दिन यता लगातार बढेको सेयर बजारमा आज समान्य नाफा बुक देखिएको छ । दिनभरको कारोबारमा करिब ४० अंकले बढेको बजार अन्तिम समयमा झिनो अंकले बढेर बन्द भएको छ । प्राविधिक रुपमा आजको बजारलाई नियाल्दा बोलिङ्गरको अपर ब्याण्डमा ग्रेभ स्टोन डोजी बनेको छ ।  

यसले बजारमा नाफा बुक चलेको बुझिन्छ । यो क्याण्डल भनेको अनिर्णयको क्याण्डल पनि हो । यदि आगामी कारोबारमा बजारले आजको उच्च विन्दु २७८० विन्दुभन्दा माथि कारोबार भएको खण्डमा बजारको बढोत्तरीले निरन्तरता पाउन सक्ने छ । अन्यथा बजार केही समय साइडवेज पनि चल्न  सक्ने छ ।

म्याक्डीमार्फत नियाल्दा केही समय पहिले बनेको बुलिस क्रसओभर भ्यालिड नै रहेको छ भने हिस्टोग्राम सकरात्मक र लामा–लामा हुँदै गएका छन् । आरएसआइ ५९ को तहमा चलेको छ । समग्रमा सबै इन्डिकेटरबाट नियाल्दा बजार बुलिस नै रहेको छ ।  

आजको कारोबारमा भोल्युम तथा कारोबार बढ्नु सकरात्मक नै रहेको छ । पिभटमार्फत नियाल्दा २७८०, २८६० तथा ३०२१ विन्दुमा प्रतिरोध सामना गर्न सक्छ । त्यसैगरि, घटेमा २७२२, २६५२ र २५९८ विन्दुमा क्रमशःसपोर्ट लिन सक्नेछ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.