सोमबार, कार्तिक २,२०८३ 03:15:07
  • सोमबार, कार्तिक २,२०८३ 03:15:07
Global IME Bank Limited

ऋण तिर्न थ्रीस्टार हाइड्रोले १ः१ अनुपातमा हकप्रद निश्कासन गर्ने

Bizshala
ऋण तिर्न थ्रीस्टार हाइड्रोले १ः१ अनुपातमा हकप्रद निश्कासन गर्ने
New Office

काठमाण्डौ । थ्रीस्टार हाइड्रोपावर लिमीटेडले हाल कायम चुक्तापूँजीको सतप्रतिशत(१ः१)को अनुपातमा हकप्रद सेयर निश्कासनको निर्णय गरेको छ ।  

कम्पनीको कात्तिक ५ गते सोमबार दिनको ३ः३० बजे बसेको सञ्चालक समितिले हाल कायम चुक्तापूँजी ४९ करोड २५ लाखको १ः१ बराबरको हकप्रद सेयर निश्कासनको निर्णय गरेको हो ।  

कम्पनीले हकप्रद निश्कासनको प्रस्ताव स्वीकृतिका लागि विद्युत नियमन आयोगमा निवेदन दिने निर्णय समेत गरेको छ । 

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

हकप्रद सेयरको निश्कासनबाट प्राप्त रकमध्ये ३४ करोड २५ लाख रुपैयाँ आयोजना निर्माणका लागि लिएको बैंकको ऋण तथा अन्य दायीत्व भुक्तान गर्ने र बाँकी रहेको १५ करोड रुपैयाँ निको इनर्जी लिमीटेडबाट निर्माणधानी माथिल्लो भुरुण्डी ए जलविद्युत आयोजना(९ मेगावाट)मा आवश्यक स्वपूँजीमा लगानी गर्ने निर्णय समेत कम्पनीले गरेको छ । 

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

विद्युत नियमन आयोगबाट स्वीकृति आएपछि कम्पनीको आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि यो जलविद्युत कम्पनीले सतप्रतिशत हकप्रद निश्कासन गर्नेछ ।  

हाल दोश्रो बजारमा यो कम्पनीको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ८६५ रुपैयाँ रहेको छ । हकप्रद निश्कासनको सूचना चुहिएका कारण यो कम्पनीको दोश्रोबजार सेयरमूल्य अगस्ट २८, २०२४ का दिन प्रतिकित्ता १२०० रुपैयाँभन्दा माथि पुगेको थियो ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.