शुक्रबार, आश्विन १६,२०८३ 09:23:19
Bizshala
  • शुक्रबार, आश्विन १६,२०८३ 09:23:19
Bizshala
Global IME Bank Limited

महुली लघुवित्तको वित्तीय अनुशासन तथा स्थायित्वका लागी सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न

Bizshala
महुली लघुवित्तको वित्तीय अनुशासन तथा स्थायित्वका लागी सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न
New Office

काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले वित्तीय अनुशासन तथा वित्तीय स्थायित्वका लागी सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न गरेको छ ।  

संस्थाले मंसिर १९ देखि २८ सम्म र माघ २३ देखि २८ गते सम्म चरणबद्ध रुपमा कोशी प्रदेश र मधेश प्रदेशमा कार्यक्रम सञ्चालन गरेको हो  । २९ वटा जिल्लाको १०८ वटा स्थानमा सञ्चालन भएको कार्यक्रममा करीब १३ हजार भन्दा बढि स्थानीय, सेवाग्राही सदस्य, अभिभावक लगायतको सहभागीता रहेको संस्थाले जनाएको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

स्थानीय निकाय, नेपाल प्रहरी र संस्थाको त्रिपक्षिय संलग्नता रहेको कार्यक्रममा स्थानीय निकायले स्थानीय स्तरमा उपलब्ध तालिम, महिला उद्यमशिलता कार्यक्रम तथा अनुदानका कार्यक्रमहरु, लघुवित्त संस्थाको महत्व, कर्जा सदुपयोगीताको बारेमा सहजिकरण, र नेपालप्रहरी सँग सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लागू औषध दृव्यसनी, बालबिबाह, महिला हिंसा न्यूनिकरण, वित्तीय अपराधका विषयमा जनचेतना लगाएतको विषयमा अन्तरक्रियात्मक ढंगले तथा भिडियो प्रर्दशनी गरेर सहजीकरण गरिएको थियो ।

कार्यक्रममा सेवाग्राही सदस्यले कर्जा सदुपयोग गरि उत्पादन गरिएको सामाग्रीहरु प्रर्दशनी, बजार व्यवस्थापनको कठिनाईको विषय स्थानीय निकायसँग छलफल, उत्कृष्ट ऋणी तथा बचतकर्तालाई सम्मान समेत गरिएको थियो ।  

कार्यक्रमहरुमा स्थानीय निकायको तर्फबाट प्रदेश सांसद, नगर प्रमुख, नगर उप–प्रमुख, गउँपालिका प्रमुख, गाउँपालिका उप–प्रमुख, वडा अध्यक्ष, वडा सदस्यहरुको सहभागीता रहेको थियो ।  

 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.