काठमाण्डौ । अमेरिकी डलरको मूल्य घटेको छ। नेपाल राष्ट्र बैंकले आज(कात्तिक २१ गते)का लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार एक अमेरिकी डलरको १३४.२८ र बिक्रीदर १३४.८८ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३४.२९ रुपैयाँ र बिक्रीदर १३४.८९ रुपैयाँ कायम थियो ।
आज एक यूरोको खरिददर १४६.३९ रुपैयाँ र बिक्रीदर १४७.०४ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७४.४२ रुपैयाँ र बिक्रीदर १७५.२० रुपैयाँ कायम भएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८८.९६ रुपैयाँ र बिक्रीदर ८९.३६ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.८२ रुपैयाँ र बिक्रीदर ८.८६ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.५६ रुपैयाँ र बिक्रीदर ३६ं.७२ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.९० रुपैयाँ र बिक्रीदर १८.९९ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३०.९० रुपैयाँ र बिक्रीदर ३१.०४ रुपैयाँ, एक कतारी रियालको खरिददर ३६.८४ रुपैयाँ र बिक्रीदर ३७.०१ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.७३ रुपैयाँ र बिक्रीदर ९.७७ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३८.३४ रुपैयाँ र बिक्रीदर ४४०.३० रुपैयाँ कायम भएको छ ।