सोमबार, असार २२,२०८३ 10:34:32
Bizshala
  • सोमबार, असार २२,२०८३ 10:34:32
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

दराजले वर्षकै सर्वाधिक ठूलो सेल ११.११ को आयोजना गर्दै

Laxmi Sunrise Bank Limited
दराजले वर्षकै सर्वाधिक ठूलो सेल ११.११ को आयोजना गर्दै

काठमाण्डौ । ई–कमर्स प्लेटफर्म, दराजले आफ्नो बहुप्रतिक्षित सेल दराज ११.११ को आयोजना गर्दैछ । नेपालमा बर्षकै ठूलो सेलका रुपमा परिचित दराज ११.११ यस बर्ष, नोभेम्बर ११ देखि २१ सम्म आयोजना हुने भएको छ ।  

बहुप्रतिक्षित यस सेलमा थप आकर्षण थप्न यस वर्ष फ्ल्याश सेलमार्फत ८० प्रतिशतसम्म छुट, देशभर निःशुल्क डेलिभरी सुविधा, र ३ करोड रुपैयाँ सम्मका भौचरहरुका साथै अविश्वसनिय छुट लगायत सुविधाहरु समेत उपलब्ध हुनेछन् ।

New Office
CG Motors
Garima Development Bank

‘ग्राहकहरुको वर्ष भरीको प्रतिक्षालाई सार्थक पार्ने सोचका साथ यस वर्षको दराज ११.११ सेलमार्फत हामीले हाम्रा ग्राहकहरुलाई अद्वितीय किनमेल अनुभव प्रदान गर्ने लक्ष्य लिएका छौँ,’ प्रबन्ध निर्देशक, दराज नेपाल, आँचल कुँवरले बताए । ‘यस सेलले ग्राहकहरुका लागि अप्रत्याशित छुटहरु उपलब्ध गराउनुका साथै हजारौं स्थानीय बिक्रेताहरुलाई आफ्ना पृथक उत्पादनहरु प्रदर्शित गर्ने मौका प्रदान गर्नेछ । साथै, हाम्रो बृहत्त सञ्जाल मार्फत देशभरका उपभोक्ताहरु माझ तिनका पृथक उत्पादनहरु उपलब्ध गराउन तथा उपभोक्ताहरुलाई स्थानीय ब्राण्डहरुको उत्कृष्ट सामानहरू खोज्न सघाउने हाम्रो विश्वास छ ’ उनले भने ।  

यस वर्षको दराज ११.११ सेलका लागि दराज नेपालले सात ओटा डाइमन्ड ब्राण्ड पार्टनरहरु राखेको छ, जसमा सेटाफिल, रोहोतो मेन्थोलाटम, मसल ब्लेज, जुभारा, बोट, एडिडास, र बाल्ट्रा समावेश छन् । प्लेटिनम पार्टनरहरुमा टेक्नो, परफेट्टी, ग्रीनलाइफ एक्स्पिरियन्स, एंकर्स, डा. शेत, र एवीबी रहेका छन् ।  

साथै, गोल्ड ब्राण्ड पार्टनरहरुमा भ्यान्स, मुनस्टार, अस्तावुल्फ, ईप्लाजा, मामा अर्थ, पिलग्रिम, र जेब्रोनिक्स रहेका छन् ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसैगरी, दराजले १० वटा बैंक र २ ओटा वालेट पार्टनरहरुसँग मिलेर ११.११ सेलमा प्रिपेमेन्ट मार्फत रु. २५ सयसम्मको छुटहरु प्रदान गर्ने व्यवस्था पनि गरेको छ । यी बैंकका डेबिट कार्डहरु मार्फत डिजिटल प्रिपेमेन्ट गर्दा ग्राहकहरुले १५ प्रतिशत छुट, अधिकतम रु. २ हजारसम्म, प्राप्त गर्न सक्ने दराजले जानकारी दिएको छ ।  

साथै, क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुले २० प्रतिशत छुट, अधिकतम रु २५ सयसम्म प्राप्त गर्न सक्ने ब्यवस्था गरिएको छ ।

ग्राहकहरु नबिल बैंक, हिमालयन बैंक, सनिमा बैंक, एभरेस्ट बैंक, एनएमबी बैंक, माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक, नेपाल बैंक, ज्योति विकास बैंक, र महालक्ष्मी विकास बैंक मार्फत उपर्युल्लिखित छुट पाउन सक्नेछन् । त्यस्तै, आफ्नो ई–सेवा र आईएमई पे वालेट मार्फत प्रिपेमेन्ट गर्ने ग्राहकहरुले पनि दराज ११.११ को विभिन्न समयमा छुट प्राप्त गर्न सक्नेछन् ।

यी रोमाञ्चक अफरहरुका साथै, यस अभियान मार्फत दैनिक रुपमा रु. ११, रु. १११ र ११११ रुपैयाँका डिलहरु पनि सेलमा रहनेछन् । खरिदकर्ताहरुले रु. ६९९, रु. ९९९, रु. १९९९ र २९९९ रुपैयाँभन्दा कममा उत्कृष्ट डिल्स पाउन सक्नेछन् ।  

साथै, दराज ११.११ सेल अवधिभर कम्तिमा ३५ सय रुपैयाँको सामग्री खरिद गर्ने एक भाग्यशाली खरिदकर्ताले प्यानासोनिकको ३ लाख ५० हजार रुपैयाँ मूल्यबराबरको घरायसी सामग्रीको सेट जित्न सक्नेछन् । थप पाँच जना ग्राहकहरुले कामाख्या डेकोर, बागमती प्लास्टिक्स, सेटाफिल, मामाअर्थ, र जिना अल्केमीका तर्फबाट आकर्षक गिफ्ट ह्याम्परहरु पनि जित्न सक्नेछन् ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.