काठमाण्डौ । गरिमा क्यापिटल लिमिटेडले १ अर्ब रुपैयाँबराबरको म्युचुअल फण्ड ल्याउने तयारी गरेको छ । कम्पनीले १ अर्ब रुपैयाँबरारको रु १० अंकितदरको कुल १० करोड ईकाई निष्कासनको तयारी गरेको हो ।
गरिमा क्यापिटल योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष ‘गरिमा म्युचूअल फण्ड’अन्तर्गत रु १ अर्ब बराबरको पहिलो बन्दमुखी योजनाको रुपमा ‘गरिमा समृद्धि योजना’ सञ्चालन गर्ने प्रयोजनार्थ नेपाल धितोपत्र बोर्ड(सेबोन) मा निवेदन दिएको छ ।
उक्त योजना निष्कासनको अनुमति माग गर्दै गत माघ २८ गते सेबोानमा आवेदन दिइएको हो ।
प्रस्तावित योजना अन्तर्गत १० रुपैयाँ अङ्कितदरका १० करोड इकाई जारी गर्न लागिएको हो । उक्त योजना हाल नेपाल धितोपत्र बोर्डको म्युचूअल फन्डको पाइपलाइनको प्रारम्भिक समीक्षाको चरणमा रहेको छ ।