बुधबार, बैशाख २,२०८३ 06:47:33
Bizshala
  • बुधबार, बैशाख २,२०८३ 06:47:33
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

तिलगंगा आँखा प्रतिष्ठान र द फ्रेड हलोज फाउण्डेसनको सहकार्यमा निजगढमा सामूदायिक आँखा अस्पताल सञ्चालनमा

Bizshala
तिलगंगा आँखा प्रतिष्ठान र द फ्रेड हलोज फाउण्डेसनको सहकार्यमा निजगढमा सामूदायिक आँखा अस्पताल सञ्चालनमा
Shivam Cement

काठमाण्डौ । तिलगंगा आँखा प्रतिष्ठान र फ्रेड हलोज फाउण्डेसन अष्ट्रेलियासँगको साझेदारीमा निजगढ नपा–९ मा निर्माण सम्पन्न भएको निजगढ तिलगंगा सामुदायिक आँखा अस्पतालको आज उद्घाटन गरि सेवा सुचारु ग्रिएको छ । मधेश प्रदेशका माननिय मुख्यमन्त्री सतिश कुमार सिंहद्धारा समुद्घाटित् यो अस्पताल बारा जिल्लाको पहिलो सामुदायिक आँखा अस्पताल हो ।  

करिब ३० करोडको लागतमा बनेको यो अस्पतालमा हरेक वर्ष ५५ हजार बिरामीलाई उपचार प्रदान गर्न सक्ने क्षमता रहेको छ । जसले स्थानिय समुदायलाई गुणस्तरीय, सर्वसुलभ र पहुँचयोग्य आँखा उपचार सेवा उपलब्ध गराउनेछ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

उद्घाटनपश्चात मुख्यमन्त्री सतिश कुमार सिंहले आफ्नो मन्तव्यमा भने, ‘यस आँखा अस्पतालले आँखा उपचारको लागि मात्र नभएर मेडिकल टुरिजमको लागि पनि योगदान दिनेछ । भारतका ठूला शहरहरुमा जाँदा नेपालको आँखा अस्पताल र उपचार सम्बन्धि बोर्डहरु देख्दा सुन्दा एकदमै गर्व महसुस हुन्छ । भवन ठूलो कुरा होइन भवनभित्र पाउने विश्वस्तरको गुणस्तरीय सेवा र उपचार पाउनु ठूलो कुरा हो । जुन तिलगंगा आँखा अस्पतालले सधै प्रदान गरिरहेको छ अब त्यहि स्तरको सेवा निजगढमा पनि उपलब्ध हुनेछ । अस्पतालको लागि मधेश प्रदेशको सधै साथ र सहयोग रहिरहनेछ ।’

तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक प्राडा सन्दुक रुइटले भने, ‘यो भेगमा गुणस्तरीय, सर्वशुलभ र पहुँच योग्य अस्पताल ल्याउने हाम्रो सपना आज साकार भएको छ । दिगो र उच्च गुणस्तरको आधारभूत आँखा उपचार सेवा प्रदान गर्ने हाम्रो प्रतिवद्धतामा यो अर्को महत्वपूर्ण कदम हो । यो अस्पताल आशा र समपर्णको प्रतिक हो जसले आँखा उपचारको आवश्यकता भएका सबै बिरामीलाई सेवा प्रदान गर्ने हाम्रो प्रतिवद्धतालाई अगाडि बढाउँछ ।’

CG Motors
Garima Development Bank
IME remit

द फ्रेड हलोज फाउन्डेशनका प्रमुख कार्यकारी अधिकृत इयान विशार्टले भन्नुभयो ‘यो अस्पताल, द फ्रेड हलोज फाउन्डेशनको लागि नयाँ अध्यायको शुरुआत हो, जसले तिलगंगा आँखा प्रतिष्ठान, स्थानीय साझेदार र समुदायहरूसँग एक मजबुत र दिगो सम्बन्ध स्थापित गरेको छ । हाम्रो कामको केन्द्रमा सधैं एकीकृत, जनमुखी आँखा उपचार हुन्छ र हामी निजगढ र वरपरका सबैभन्दा आवश्यकता भएका बिरामीहरूको दृष्टि जोगाउने र पुनसर््थापना गर्ने उद्धेश्यमा लागीपरेका छौं ।’

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.