बिहीबार, श्रावण २८,२०८३ 01:15:04
Bizshala
  • बिहीबार, श्रावण २८,२०८३ 01:15:04
Bizshala
Global IME Bank Limited

अपर ब्याण्डमा प्रतिरोध सामना गरेको बजार ‘मनी फ्लो इन्डेक्समा ‘बुलिस डाईभर्जेन्स’

Prabhu Bank Limited
अपर ब्याण्डमा प्रतिरोध सामना गरेको बजार ‘मनी फ्लो इन्डेक्समा ‘बुलिस डाईभर्जेन्स’
New Office

काठमाण्डौ । साताको पहिलो कारोबारमा आज बजार सामान्य अंकले बढेर बन्द भएको छ । आज बजार सामान्य बढ्दा कारोबार भने गत भदौ १८ पछिकै उच्च भएको छ । गत भदौ १८ गते १३ अर्ब ५७ करोड कारोबार पछि आज ११ अर्ब ७२ करोडको कारोबार भएको छ ।  

यसले बजारमा विस्तारै भोल्युममा भने सुुधार भएको देखिन्छ । बोलिङ्गर ब्याण्डमार्फत हेर्दा बजारले आजसम्म ३ पटक अपर ब्याण्डमा प्रतिरोध सामाना गरेको देखिन्छ । अर्थात बजार अपर ब्याण्डसँग हिड्न नसको देखिन्छ । आज अपर ब्याण्डमा ग्रेभ स्टोन डोजी बनेको छ ।  

यदि आगामी दिनमा बजारले २ हजार ७८२ विन्दुभन्दा मााथि लागेमा यो इन्भ्यालिड पनि हुन सक्छ । म्याक्डीमार्फत नियाल्दा बजारमा केही समय पहिले बनेको बुलिस क्रसओभर भ्यालिड नै रहेको छ । हिस्टोग्राम सकारात्मक नै रहेका छन् तर केही फिक्का बन्दै गएका छन् ।  

आरएसआई ५९ को तहमा चलेको छ भने मनी फ्लो इन्डेक्स ६७ को तहमा पुगेको छ । अर्थात बजार मनी फ्लो इन्डेक्समा बुलिस डाइभर्जेन्स बनेको देखिन्छ । पिभट् मार्फत हालको बजारलाई नियाल्दा अबको प्रतिरोध क्रमशः २७९७,२८४६ र २९०५ विन्दुमा रहेको छ । त्यसैगरि घटेमा भने २७४० ,२६९० र २६५० विन्दुमा लिन सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो बिश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.