काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडले लगानीको दायरा विस्तार गरेको छ । कम्पनी अपार्टमेन्ट व्यवसायमा प्रवेश गरेको छ । सहायक कम्पनी अपि इन्फ्रा लिमिटेड स्थापना गर्दै अपि पावरले ललितपुरको झम्सिखेलमा १० तलाको अक्जरी अपार्टमेन्टको शिलान्यास गरेको छ।
कम्पनीले ३ रोपनी क्षेत्रफलमा ४३ युनिटको अपार्टमेन्ट बनाउने योजना बनाएको छ । यो अपार्टमेन्ट २ वर्षभित्र बनाउने लक्ष्य कम्पनीको रहेको छ । यसको अनुमानित लागत १२० करोड रुपैयाँ हुने अनुमान गरिएको छ ।
अत्याधुनिक भवनको रुपमा यस अपार्टमेन्टमा विभिन्न सुविधाहरु रहने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।