बुधबार, आश्विन २८,२०८३ 07:01:03
Bizshala
  • बुधबार, आश्विन २८,२०८३ 07:01:03
Bizshala
Global IME Bank Limited

हिमालयन लघुवित्तले डाक्यो साधारण सभा, लाभांशको छैन कुनै अजेण्डा

Bizshala
हिमालयन लघुवित्तले डाक्यो साधारण सभा, लाभांशको छैन कुनै अजेण्डा
New Office

काठमाण्डौ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको मंसिर ५ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा आह्वान गरेको छ । बैठकले संस्थाको १३ औं वार्षिक साधारण सभा आगामी मंसिर २७ गते काठमाण्डौको त्रिपुरेश्वरमा रहेको बोगनभिल्ला इभेन्ट्समा बिहान १० बजेदेखि आयोजना गर्ने निर्णय गरेको छ ।  

उक्त सभामा संस्थाको नियमावलीमा आवश्यक संशोधन गर्न नियमनकारी निकायबाट कुनै निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने र अन्य लघुवित्तलाई गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने सम्बन्धमा सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

यस्तै सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तन सम्बन्धी विवरण सहित सम्बन्धित अनुसुचीहरु उपर छलफल गरी पारित गर्ने, आव २०८१/८२ को कारोबारको लेखापरीक्षण गर्नको लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने समूह ‘क’ का संस्थापक सेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गरेका सञ्चालकको मनोनयन र नियुक्तिलाई अनुमोदन गर्ने र सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने सामान्य प्रस्तावहरु समेत पारित गरिनेछ ।  

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

साधारण सभा प्रयोजनका लागि संस्थाले मंसिर १६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X