काठमाण्डौ । यो साता पनि सर्वाधिक आम्दानी गर्ने शीर्ष १० कम्पनीहरुमा अधिकांश जलविद्युत कम्पनीहरु परेका छन् ।
यो साता महिला लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यो संस्थाका लगानीकर्ताहरुले करिब १६ प्रतिशत आम्दानी गरेका छन् ।
दोस्रो स्थानमा अपर हेवा खोलाका लगानीकर्ताहरुले १३.५९ प्रतिशत आम्दानी गरेका छन् । तेस्रो स्थानमा हिमालयन उर्जाका लगानीकर्ताहरुले १०.७१ प्रतिशत आम्दानी गरेका छन् ।
चौंथो स्थानमा सप्तकोशी डेभलपमेन्टका लगानीकर्ताहरुले १० प्रतिशत , पाँचौ स्थानमा थ्री स्टार हाइड्रो पावरका लगानीकर्ताहरुले ९.६३ प्रतिशत , छठौं स्थानमा कर्णाली डेभलपमेन्टका लगानीकर्ताहरुले ९.६१ प्रतिशत , सातौं स्थानमा बाराही हाइड्रो पावरका लगानीकर्ताहरुले ९.२६ प्रतिशत , कर्पोरेट डेभलपमेन्टका लगानीकर्ताहरुले ८.३९ प्रतिशत , नारायणी डेभलपमेन्टका लगानीकर्ताहरुले ८.३८ प्रतिशत र आत्मनिर्भर लघुवित्तका लगानीकर्ताहरुले ७.७४ आम्दानी गरेका छन् ।