शनिबार, श्रावण ९,२०८३ 11:36:59
Bizshala
  • शनिबार, श्रावण ९,२०८३ 11:36:59
Bizshala
Global IME Bank Limited

नेक्सजेन म्यानेजमेन्ट र सामूदायिक रेडियो प्रसारक संघबीच व्यवस्थापकिय र वित्तिय सुदृढिकरणको लागि सम्झौता

नेक्सजेन म्यानेजमेन्ट र सामूदायिक रेडियो प्रसारक संघबीच व्यवस्थापकिय र वित्तिय सुदृढिकरणको लागि सम्झौता
New Office

काठमाण्डौ । सामूदायिक रेडियोहरूको छाता संगठन सामूदायिक रेडियो प्रसारक संघ नेपाल र नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स प्रालिबीच सम्झौता सम्पन्न भएको छ। देशैभरि सञ्चालित सामूदायिक रेडियोहरूको व्यवसायिक क्षमता अभिवृद्धि र वित्तिय श्रोत पहिचान तथा प्रभावकारी परिचालनमा सहकार्य गर्ने उद्देश्यले लागि दुवै सस्थाबीच सहमती भएको हो।

संघको केन्द्रिय कार्यालय ललितपुर चाकुपाटस्थित कार्यालयमा मंसिर १३ गते सम्झौता भएको हो। सम्झौता पत्रमा सामूदायिक रेडियो प्रसारक संघको तर्फबाट अध्यक्ष अर्जुन गिरी र नेक्सजेन म्यानेजमेन्टको तर्फबाट प्रवन्ध संचालक रमेश कुमार भट्टराईले हस्ताक्षर गरे।

सामूदायिक रेडियो प्रसारक संघ, देशैभरि सञ्चालित गैर नाफामूलक सामूदायिक रेडियोहरूको छाता संगठन हो। संघको नेटवर्कमा अहिले ३५० वटा भन्दा बढी रेडियोहरू आवद्ध छन। संघले आफ्ना सदस्य रेडियोहरूको सुसञ्चालन , वित्तिय श्रोतहरूको परिचालन, सूचना प्रवाह र तालिमहरूमा सहयोग प्रदान गर्दै आईरहेको छ।

संघ अन्तर्गत आफ्नै सामूदायिक सुचना नेटवर्क र अनलाइन पोर्टल सिनेखबर सञ्चालित छ। संघले बिहान बेलुका ३५० वटा रेडियोहरूबाट समाचार प्रसारण गर्दै आईरहेको छ। संघले बिभिन्न एनजीओ, आइएनजीओहरूसँगको सहकार्यमा समुदाय लक्षित सूचनामूलक, जनचेतना मूलक र जिवन स्तर उकास्ने किसिमको सामाग्री निर्माण गरि ३५० वटै सामूदायिक रेडियो मार्फत प्रसारण गर्दै आईरहेको छ।

नेक्सजेन म्यानेजमेन्ट २०८१ वैशाख देखि बिशेषज्ञ सेवा दिने गरि संचालित कम्पनी हो। यसले सम्पत्ती व्यवस्थापन सम्बन्धी काम र व्यवसायिक परामर्श दिने काम गर्छ। छोटो अवधीमा यसले देशी बिदेशी कम्पनीहरूसंग सम्झौता र सहकार्य गरि सेवा दिंदै आएको छ। आर्थिक मन्दीको कारण वित्तिय श्रोतको व्वस्था नहुदा धेरै रेडियोहरू क्रमशः समस्याग्रस्त हुँदैछन। सामूदायिक रेडियो प्रसारक संघको लागि वित्तिय श्रोतको व्यवस्थापन तथा समस्याग्रस्त सदस्य रेडियोहरूको प्रभावकारी सञ्चालनमा सहयोग र सहकार्य गर्नेगरि संघ र नेक्सजेनबीच यो सम्झौता भएको कम्पनीले जनाएको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.