काठमाण्डौ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका डेप्युटी सीईओमा नीरजमान सैंजु नियुक्त भएका छन् । सैजुले आजबाट कार्यभार सम्हालेका छन् ।
सैंजुसँग रेमिट्यान्स कम्पनी,विभिन्न वाणिज्य बैंकहरुलगायतमा आबद्ध रही १५ वर्ष भन्दा लामो कार्य गरेको अनुभव रहेको छ ।
उनले एमबिएस तथा एमबिए गरी डबल मास्टर्स डिग्री हासिल गरेका छन् । उनको अनुभव तथा कुशलताले एनसीएचएललाई नयाँ उचाँईमा लान महत्वपूर्ण योग्दान पुग्नेमा कम्पनी विश्वस्त रहेको छ ।