शुक्रबार, बैशाख ४,२०८३ 02:23:53
Bizshala
  • शुक्रबार, बैशाख ४,२०८३ 02:23:53
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

लक्ष्मी सनराइज बैंकको ‘डिजिटल डिसेम्बर २०२४’ अभियान सुरु, यस्ता छन् विशेष अफर

Bizshala
लक्ष्मी सनराइज बैंकको ‘डिजिटल डिसेम्बर २०२४’ अभियान सुरु, यस्ता छन् विशेष अफर
Shivam Cement

काठमाण्डौ । लक्ष्मी सनराइज बैंकको डिजिटल बैँकिङ प्रवर्द्वन गर्ने वार्षिक अभियानको छैठौं संस्करण ‘डिजिटल डिसेम्बर २०२४’ अभियान सुरु भएकॊ छ। ‘सहजताको नयाँ परिभाषा उपहार सँगै’नाराको साथ यस अभियानले बैंकका ग्राहक तथा उपभोक्तालाई डिसेम्बर महिनाभरी डिजिटल बैंकिङ अपनाउन प्रोत्साहन गर्नका लागी बिभिन्न अफरहरु प्रदान गर्नुका साथै विभिन्न स्थानहरूमा वित्तीय साक्षरता बढाउन कार्यक्रमहरु पनि गर्नेछ।

यस अभियानमा ग्राहकहरुलाई डिजिटल रूपमा सशक्त बनाउन र उनीहरुको बैंकिङ अनुभव सरल बनाउनका निम्ती निम्न प्रकारका योजनाहरु रहेका छन्ः

बैंकका ग्राहकहरुलाई विशेष अफरः

–सरलीकृत कर दाखिलाः डिसेम्बर महिनाभरी मोबाईल मनीमार्फत आफ्नो प्यान(स्थायी लेखा नम्बर) वा राष्ट्रिय परिचय पत्रको विवरण अद्यावधिक गरी १०० रुपैयाँ वा बढीको मोबाईल रिचार्ज गर्ने ग्राहकहरुले बैंकबाट थप १०० रुपैयाँको रिचार्ज प्राप्त गर्नेछन्। आफ्नो खातामा यसरी प्यान वा राष्ट्रिय परिचयपत्र  अपडेट गर्नाले आफ्नो निक्षेपमा आर्जित ब्याजको करकट्टी सजिलै प्रविष्ट हुनुका साथै अन्य फाइदाहरु पनि हुन्छन्।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

–सहज बिजुली बिल भुक्तानीः मोबाईल मनी प्रयोगकर्ताहरुले सजिलै एउटा मिस–कलमार्फत आफ्नो बिजुलीको बिल तिर्न सक्नेछन्।मोबाईल मनी एपबाटै सो सेवामा आबद्व भई डिसेम्बर महिनाभरी मिस–कलमार्फत बिल भुक्तानी गर्ने ग्राहकहरुले पनि १०० रुपैयाँ रिचार्ज प्राप्त गर्न सक्नेछन्।

–क्रेडिट कार्डमा विशेष अफरः तॊकिएकॊ योग्यता पुगेका ग्राहकहरुले डिसेम्बर महिनाभरी क्रेडिट कार्डको आवेदन दिई सो सेवा लिएमा जारी शुल्क साथै ५ वर्षको वार्षिक शुल्कमा पनि छुट पाउनेछन्।

CG Motors
Garima Development Bank
IME remit

-लचिलो वित्तीय समाधानः आज किनौं, भोली तिरौं क्रेडिट कार्ड ग्राहकहरुले डिसेम्बर महिनाभरी आफ्नो क्रेडिट कार्ड प्रयोग गरी ३०,००० रुपैयाँभन्दा बढिको खरिद गरेमा बिना कुनै प्रोसेसिङ शुल्क र ब्याजबिनै सो भुक्तानीलाई सरल किस्ताबन्दि रुमा विभाजन गर्न सक्नेछन्।

–अन्तर–बोर्ड र भुक्तानी सेवाः लक्ष्मी सनराइज बैंकका क्यूआर सेवाग्राही व्यवसायीहरु (फोनपे मर्चेन्ट) ले विभिन्न भारतीय मोबाइल वालेटमार्फत डिसेम्बर महिनाभरी भुक्तानी लिँदा लक्की ड्र द्वारा विभिन्न पुरस्कारहरु जित्न सक्नेछन्।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.