काठमाण्डौ । अर्थ मन्त्रालयले राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडलाई चार महिनामा लेखापरीक्षण सम्पन्न गर्न निर्देशन दिएको छ । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडका पदाधिकारीहरुसहित अर्थ मन्त्रालयमा आज भएको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लामो समयसम्म लेखा परीक्षण नहुनु कसैका लागि पनि हितकर नभएको बताए । उनले लेखापरीक्षण सम्पन्न गर्न आवश्यक पर्ने सहयोग उपलब्ध गराउन सरोकारवालाहरुलाई निर्देशन दिए ।
राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७१/७२ देखि अन्तिम लेखा परीक्षण सम्पन्न हुन सकेको छैन ।
बैठकमा अन्तिम लेखा परीक्षण सम्पन्न भएपछि मात्र राष्ट्रिय जीवन बीमा कम्पनीको साधारणसभा आयोजना गर्ने कुरा भएको छ ।
बैठकमा महालेखा परीक्षकको कार्यालय, नेपाल बीमा प्राधिकरण, अर्थ मन्त्रालय, राष्ट्रिय जीवन बीमा कम्पनीका पदाधिकारीहरुको उपस्थिति थियो ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                 
                                        (50).jpg) 
                                        .jpg) 
                                         
                                         
                                         
                 
                 
                 
                 
                 
                 
                