बुधबार, आश्विन २८,२०८३ 09:28:31
Bizshala
  • बुधबार, आश्विन २८,२०८३ 09:28:32
Bizshala
Global IME Bank Limited

जीवन बीमाको दाबी भुक्तानीबाट प्राप्त भएको रकम यसरी गर्न सकिन्छ उपयोग

Bizshala
जीवन बीमाको दाबी भुक्तानीबाट प्राप्त भएको रकम यसरी गर्न सकिन्छ उपयोग
New Office

काठमाण्डौ । जीवन बीमा खरिद गर्दा तपाइँ हामी सबैले एकमुष्ठ राशिमा ध्यान दिने गर्दछौ। तथापी पोलिसीहोल्डरको मृत्युको अवस्थामा उत्तराधिकारी(नोमिनी)लाई एकमृष्ठ प्राप्त भएको रकम कसरी समूचित उपयोग गर्ने भनेर जानकारी हुनु पर्दछ। यो त्यस्तो अवस्थामा अझै महत्वपूर्ण हुने गर्दछ, जब पोलिसीहोल्डर परिवारमा आम्दानीको एक्लो स्रोतको रुपमा रहेको हुन्छ। यहाँ हामी तपाइँलाई क्लेम सेटलमेन्ट(दाबी भुक्तानीं) पश्चात प्राप्त भएको रकम कसरी व्यवस्थीत र सहि ढंगले उपयोग गर्न सकिन्छ भनेर जानकारी दिदैछौँ।  

सर्वप्रथम ठूला ऋण चुक्ता गर्नुहोस्  

ऋण चुक्ता गर्नु सबैभन्दा महत्वपूर्ण काम हुने गर्दछ। हामीले आम रुपमा ऋण उच्च ब्याजदरमा लिएका हुन्छौँ। ऋणको प्रकारमा निर्भर रहेर ट्याक्स सेभिङ पनि सीमित हुन सक्दछ। त्यसैले कुनै ऋण छ भने, त्यसलाई चुक्ता गर्नु पर्दछ, ताकि अतिरिक्त चार्ज वा ब्याज तिर्न नपरोस्। यदि तपाइँको क्रेडिट कार्ड, ऋण या अन्य बिलमा रकम तिर्नु पर्ने रहेको छ भने, त्यसलाई पहिला चुक्ता गर्नुहोस्।  

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

आफ्नो वित्तीय लक्ष्यहरुका लागि लगानी जारी राख्नुहोस्  

लामो अवधिलाई ध्यानमा राखेर तपाइँले जुन पनि लगानी गर्नु भएको त्यसलाई नरोक्नुहोस्। यसमा नियमित रुपमा लगानी जारी राख्नुहोस्। ऋण तिरेर आफ्नो आय सुरक्षित राखेपछि बचत गर्नुपर्दछ। बचत गर्दा आफ्ना वित्तीय लक्ष्यहरुको प्राथमिकता तय गर्नुहोस्। यसका साथै परिवारको लागि नियमित आय सुनिश्चित गर्नका लागि रिटायरमेन्ट कर्पसको प्रबन्ध गर्नु पर्दछ। म्युचुअल फन्डमा लगानी गर्दा महंगाई दर अनुरुप प्रतिफल प्राप्त हुन सक्दछ। लगानी गर्दा उपयुक्त लगानीको विकल्प छनोट गर्नु पर्दछ। आफ्नो आवश्यकतालाई मध्यनजर गर्दै लिक्वइड फन्ड, इक्वीटी फन्ड र ब्यालेन्च्ड फन्ड आदिमा लगानी गर्न सकिन्छ। यसका साथै लगानी गर्दा आफ्नो जोखिम क्षमतालाई पनि ध्यानमा राख्नु पर्दछ।  

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

मासिक आम्दानी भइरहोस् भनेर सुनिश्चीत गर्नुहोस्  

क्लेम सेटलमेन्टमा प्राप्त भएको एकमुष्ठ राशिलाई यसरी लगानी गर्नुहोस् कि त्यसबाट तपाइँलाई नियमित रुपमा आम्दानी भइरहोस्। केहि टर्म इन्स्योरेन्स योजनाले यस्तो सुविधा दिने गर्दछन्, जहाँ तपाइँले एकमुष्ठ राशिको साटो मासिक भुक्तानी पाउन सक्नुहुन्छ। यसरी तपाइँले आफ्नो वित्तीय स्वास्थ्यलाई समेत सुनिश्चीत गर्न सक्नुहुन्छ।  

नयाँ इन्स्योरेन्स पोलिसी खरिद गर्न सकिन्छ  

आकस्मिक दुर्घटना जहाँ पनि जसको साथ पनि हुन सक्दछ। यस प्रकारका घटनाहरुले हाम्रो वित्तीय अवस्थालाई सबैभन्दा धेरै प्रभावित पार्ने गर्दछन्। यस्तोमा आफ्नो लक्ष्य र दायित्वलाई सुरक्षित गर्नका लागि एउटा नयाँ बीमा पोलिसी खरिद गर्न सक्नुहुन्छ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.