काठमाण्डौ । ओपन एआईले ‘च्याटजीपीटी प्रो’सब्सक्रिप्शन लञ्च गरेको छ । यो सब्सक्रिप्शन प्लानमा प्रयोगकर्ताहरुले ०१ एलएलएम एक्सेस पाउँन सक्छन् । जुन कम्पनीको सबैभन्दा ठूलो एडभान्स मोडल हो । यो एआई मोडलले कठिन टास्कलाई सजिलै हल गर्न सक्छ । यसले ‘हाई लेभल रिजनिङ’ वाला टास्कलाई समेत सजिलै गर्न सक्ने दाबी गरिएको छ ।
च्याट जीपीटी प्रो एक प्रकारको ‘पेड सब्सक्रिप्शन टीयर’हो । जसको प्रयोगवापत प्रत्येक महिना २ सय डलरखर्च गर्नु पर्ने हुन्छ । यो प्लान विश्वका विभन्न देशमा उपलब्ध रहेको छ ।
यो मोडललाई डेटा साइन्स,प्रोग्रामिङ र केस ल एनालिसिसका लागि तयार गरिएको हो । यो मोडल जीपीटी फोरओ भन्दा धेरै नै शक्तिशाली रहेको छ । यसलाई अहिलेसम्मकै एडभान्स मोडलको रुपमा लिइएको छ ।
कुनै प्रश्नको उत्तर तयार हुँदा च्याट जीपीटीले अब एउटा नयाँ प्रोग्रेस बार देखाउँनेछ । तथापी स्लो प्रोसेसिङ टाइम यसको कमजोरीको रुपमा देखिएको छ ।
कम्पनीका अनुसार च्याट जीपीटी प्रो सब्सक्रिप्शनको फाइदा अनुसन्धानकर्ता, इन्जिीनियर र अन्य व्यक्तिलाई उपयोगी हुनसक्छ ।