काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले मंसिर २४ गते आफ्नो ८ औं बार्षिकोत्सव सम्पन्न गरेको छ ।
८ औं वर्ष पुरा गरी ९ वौं वर्षमा प्रवेश गरेको अवसरमा कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. ३२ लामे आहालमा अवस्थित राधाकृण बृद्धाश्रममा जेष्ठ नागरिकहरुका लागी संस्थाका प्रमुख कार्यकारी अधिकृत विष्णु प्रसाद ढकालले एक कार्यक्रमका बीच बृद्धाश्रम सञ्चालक समितिका अध्यक्ष विश्वराज लामिछानेमार्फत वित्तीय संस्थाले उपलब्ध गराएको सहयोग हस्तान्तरण गरे । वित्तीय संस्थाले विगत लामो समयदेखि यसै बृद्धाश्रममा आफ्नो बार्षिकोत्सव मनाउदै आएको छ ।
वि.सं. २०७३ मंसिर २४ गतेबाट प्रथम कारोबार प्रारम्भ गरेको यस वित्तीय संस्थाले हाल २३ वटा जिल्लामा ४३ वटा शाखा कार्यालयहरु मार्फत ग्रामिण क्षेत्रका ३३ हजार ८३३ सदस्यहरुलाई वित्तीय सेवा प्रदान गरीरहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।