शनिबार, असार १४,२०८२ 01:43:00
  • शनिबार, असार १४,२०८२ 01:43:00
Global IME Bank Limited

अर्थतन्त्रले ‘रिफर्म’ खोजेको छ: विज्ञ

Hyundai Nepal
अर्थतन्त्रले ‘रिफर्म’ खोजेको छ: विज्ञ
Nabil Bank Limited

काठमाण्डौ । विदेशी मुद्रा सञ्चिती, रेमिट्यान्स लगायत बाह्य क्षेत्र सुधार हुँदा पनि अर्थतन्त्र चलायमान हुन नसकेको विज्ञहरुले बताएका छन् ।  महिला आर्थिक पत्रकार संघको आयोजना र नबिल बैंकको सह—आयोजनामा भएको नीतिगत बहस कार्यक्रममा बोल्दै बक्ताहरुले देशको अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार आएपनि अझै आन्तरिक क्षेत्रमा किन समस्या भएन भन्दै प्रश्न गरेका छन् ।  

अर्थविद् प्रा.डा शिवराज अधिकारीले अब बाह्य क्षेत्र मात्र सहज छ भनेर ढुक्क हुने अवस्था नभएको बताए । उनले भने,  ‘बाह्य क्षेत्र ठिक ठाक छ भनेका छौ तर खैत अर्थतन्त्र चलायमान भएको ? अर्थतन्त्रले अब रिफर्म खोजिरहेको छ ।’

CG Motors
Muktinath Bikas Bank Limited

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठले बाह्य क्षेत्र राम्रो भएपनि आन्तरिक क्षेत्रमा अझै समस्या रहेको सही भएको बताए । यद्यपि २ वर्ष अघि भन्दा अहिले केही सुधार भएको पाटोलाई भन्ने भुल्न नहुने बताए । 

आन्तरिक मागमा कमी आउँदा अर्थतन्त्र गतिशिल हुन नसकेको श्रेष्ठको भनाइ छ । उनले भने, ‘सरकारको वित्त व्यवस्थापनमा कमजोरी भइरहेको छ । वित्तिय नीति ७६१ वटा र मौद्रिक नीति एउटा मात्र छ । मौद्रिक नीतिले धेरै सम्बोधन  गरेको छ अब वित्तिय नीतिले पनि बुझेर आफ्नो भुमिका निर्वाह गर्नुपर्छ । ’

डा. श्रेष्ठले मौद्रिक नीतिले गेयर परिवर्तन गरिसकेको बताए ।  

यता नेपाल बैंकर्स एसोशियसनका अध्यक्ष सुनिल केसीले नेपाली  बैंकहरुले ट्याकल गर्नै नसक्ने अवस्थाबाट बाहिर आइसकेको बताए । तरलताको हिसाबले नेपाली बैंक सबैभन्दा उत्तम अवस्थामा रहेको केसीको भनाइ छ ।

उनले भने, ‘बैंकहरुले ४० वर्षको अवधिमा अधिकांश समय केही न केही चुनौतीको सामना गरिरहनु पर्यो । तैपनि बैकिङ क्षेत्रले गरेको वित्तिय समावेशिताको योगदान उच्च छ । विश्वका शक्तिशाली बैंकहरुमा नकारात्मक संकेत देखिरहेको छ त। नेपालका बैंकहरु सहज अवस्थामा छन् । ’  

कार्यक्रममा उपस्थित वक्ताहरुले अर्थतन्त्र सुधारको आवश्यकता औल्याएका थिए ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.