बुधबार, भाद्र २५,२०८२ 01:14:22
  • बुधबार, भाद्र २५,२०८२ 01:14:22
Global IME Bank Limited

रोहोटो मेन्थोलाटम नेपालले गर्‍यो ‘कार बोनान्जा’ अभियानको विजेता घोषणा

Hyundai Nepal
रोहोटो मेन्थोलाटम नेपालले गर्‍यो ‘कार बोनान्जा’ अभियानको विजेता घोषणा

काठमाण्डौ। रोहोटो मेन्थोलाटम नेपाल, भाटभटेनी सुपरस्टोर र टाटा मोटर्सको संयुक्त अभियान ‘कार बोनान्जा’का विजेता सार्वजनिक भएका छन् ।

काठमाण्डौको टंगालस्थित भाटभटेनी सुपरस्टोरमा ‘कार बोनान्जा’ अभियानकी विजेता ललितपुरकी मियाप्मा राईलाई टाटा टियागो ईभी कार हस्तान्तरण गरिएको छ ।

यो अभियान सन् २०२४ को जुन १५ मा सुरु भएको थियो । यसअन्तर्गत देशभरका २७ वटा भाटभटेनी सुपरस्टोरहरूबाट कुनै पनि रोहोटोे उत्पादन खरिद गर्ने ग्राहकलाई वातावरणमैत्री टाटा टियागो ईभी कार जित्ने अवसर प्रदान गरिएको थियो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

अभियान अवधि भर सामान खरिद गर्ने ग्राहकलाई ५० हजारभन्दा बढी कुपन वितरण गरिएको कम्पनीले बताएको छ ।

सन् २०२४ को १५ नोभेम्बरमा अभियान सकिएको थियो ।

भाटभटेनी सुपरस्टोर टंगालमा आयोजित पुरस्कार घोषणा कार्यक्रममा रोहोटो मेन्थोलाटम नेपालका अध्यक्ष हिरोफुमी शिरामात्सु, भाटभटेनी सुपरस्टोरका अध्यक्ष मीनबहादुर गुरुङ, रोहितो मेन्थोलाटम नेपालकी प्रबन्ध निर्देशक ट्रान डाङ बिच थाओको उपस्थिति थियो ।

यस्तै, रोहोटोे मेन्थोलाटमका निर्देशक ताकानोरी कवाई, ब्रान्ड एम्बेसडर प्रशंसा रायमाझीलगायत साझेदार ब्रान्डका प्रतिनिधिलगायतको उपस्थिति थियो ।

‘कार बोनान्जा’ अभियानको सफलताले ग्राहक सन्तुष्टि र दिगो विकासप्रतिको प्रतिबद्धतालाई थप बलियो बनाएको भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले बताएका छन् । 

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.