काठमाण्डौ । यो साता सर्वाधिक कमाउने शीर्ष १० कम्पनीहरुमा अधिकांश लो क्याप भएका जलविद्युत कम्पनीहरु परेका छन् । आज कुथेली बुखरी स्मल हाईड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।
यो कम्पनीको सेयरमूल्य यो साता १३.२१ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै माई खोला हाईड्रोका लगानीकर्ताले १३.०६ प्रतिशत, मोलुङ हाइड्रो पावरका लगानीकर्ताले १३.०५, न्यादी हाइड्रो पावरका लगानीकर्ताले ११.८२ प्रतिशत , दोल्ती हाइड्रो पावरका लगानीकर्ताले १०.७६ प्रतिशत , भूगोल इनर्जीका लगानीकर्ताले ९.८३ प्रतिशत र नारायणी डेभलपमेन्टका लगानीकताले ९.७९ प्रतिशत आम्दानी गरेका छन् ।
यस्तै त्रिशुली जलविद्युतका लगानीकर्ताले ९.३८ प्रतिशत , माथिल्लो मैलुङ खोलाका लगानीकर्ताले ८.२६ प्रतिशत र मनकामना इन्जिनियरिङका लगानीकर्ताहरुले ६.५५ प्रतिशत कमाएका छन् ।