आईतवार, कार्तिक १,२०८३ 01:19:36
Bizshala
  • आईतवार, कार्तिक १,२०८३ 01:19:36
Bizshala
Global IME Bank Limited

रत्ननगरगरमा हंस बहुउद्देश्यीय सहकारीको सहकारी शिक्षा अभिमुखिकरण कार्यक्रम सम्पन्न

Bizshala
रत्ननगरगरमा हंस बहुउद्देश्यीय सहकारीको सहकारी शिक्षा अभिमुखिकरण कार्यक्रम सम्पन्न
New Office

काठमाण्डौ । हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले नयाँ सेयर सदस्यहरुका लागि एक दिने सहकारी शिक्षा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले उक्त कार्यक्रम फागुन ६ गते रत्ननगर ०१ सौराहाचोकमा सम्पन्न गरेको हो ।  

सहकारीका आधारभूत ज्ञान, सहकारीले प्रदान गर्ने सेवा, बचत र ऋण कारोबार, सहकारी नीति, नियम, कानून लगायतका विषयमा जानकारी दिने उद्धेश्यले सहकारी शिक्षा कार्यक्रम गरिएको संस्थाका शिक्षा उपसमिति संयोजक देशबन्धु अधिकारीले जानकारी दिए ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

सहकारीको आवश्यकता, सिद्धान्त, विकास र महत्वको सम्बन्धमा संस्थाका लेखा सुपरिवेक्षण समितिका सदस्य गोविन्द सुबेदीले सहजीकरण गरेका थिए । उनले सहकारी संस्थामा सेयर सदस्यको भूमिका, सदस्यको काम, कर्तव्य र अधिकार, बचत गर्दाको फाइदा, सहकारी आफैले उत्पादन क्षेत्रमा लगानी गरेर सदस्यलाई आय आर्जनमा लगाउन सकिने, र नियमित बचत एवम् सहकारीमा आधुनिक प्रविधि जस्ता  विषयका बारेमा प्रष्ट पारेको संस्थाले जनाएको छ ।  

त्यसैगरी बित्तीय साक्षरता, बचत, पारिवारिक बचत र उद्यमशिलता, संस्थाको आर्थिक अवस्थाको विश्लेषण र सेवा सुविधाका बारेमा संस्थाका प्रबन्धक नारायण प्रसाद सापकोटाले सहजीकरण गरेका थिए ।

उक्त कार्यक्रम संस्थाका शिक्षा उपसमिति संयोजक देशबन्धु अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.