लघुवित्तले १५% भन्दा बढी लाभांश वितरण गर्न पाउने, सर्कुलरमार्फत क्याप खोल्दै राष्ट्रबैंक
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले लघुवित्त वित्तीय संस्थाहरुमाथि १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नसक्ने गरी लगाएको रोक हटाउने भएको छ । आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्ने क्रममा गभर्नर विश्व पौडेलले यस्तो घोषणा गरेका हुन् ।

