बुधबार, श्रावण ६,२०८३ 08:19:08
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 08:19:08
Bizshala
Global IME Bank Limited

स्ट्यान्डर्ड चाटर्ड बैंक र एफआईयू–नेपालद्वारा एएमएल/सीएफटी/सीपीएफ सम्बन्धी कार्यशाला आयोजना

स्ट्यान्डर्ड चाटर्ड बैंक र एफआईयू–नेपालद्वारा एएमएल/सीएफटी/सीपीएफ सम्बन्धी कार्यशाला आयोजना
New Office

काठमाण्डौ । नेपालको वित्तीय प्रणालीलाई थप सुरक्षित, पारदर्शी र अन्तर्राष्ट्रिय मापदण्डअनुकूल बनाउन स्ट्याण्डर्ड चाटर्ड बैंक नेपाल र वित्तीय जानकारी इकाई (एफआईयु–नेपाल को सहकार्यमा “Enhancing AML/CFT/CPF Compliance Effectiveness – Aligning with FATF Standards” विषयक एकदिने क्षमता अभिवृद्धि कार्यशाला काठमाडौंमा सम्पन्न भएको छ।

कार्यशालामा नेपालका वित्तीय क्षेत्रसँग सम्बन्धित १४० भन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा नियामक निकाय, बैंक तथा वित्तीय संस्था, धितोपत्र बजारका मध्यस्थकर्ता, बीमा कम्पनी, सहकारी संस्था तथा अन्य प्रतिवेदन दिने निकायका प्रतिनिधिहरू सहभागी भएका थिए।

कार्यक्रमले सम्पत्ति शुद्धीकरण निवारण , आतंककारी कार्यमा वित्तीय लगानी नियन्त्रण तथा आम विनाशकारी हतियारको विस्तारमा हुने वित्तीय लगानी नियन्त्रण सम्बन्धी नेपालको कार्यढाँचा थप प्रभावकारी बनाउने विषयमा ज्ञान आदानप्रदान र सहकार्यको अवसर प्रदान गरेको थियो। एफआईय,ु–नेपालले पनि यस्ता तालिम तथा सचेतना कार्यक्रममार्फत सम्बन्धित निकायहरूको क्षमता अभिवृद्धि गर्दै आएको छ।

कार्यशालामा जयराम मंगल्नी र जयश कादमले विज्ञ वक्ताका रूपमा प्रस्तुति दिएका थिए। उनीहरूले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय अनुभवका आधारमा वित्तीय अपराध जोखिम व्यवस्थापन, प्रभावकारी एएमएलरसीएफटीरसीपीएफ प्रणाली विकास तथा अनुपालन सुधारका उपायबारे जानकारी दिएका थिए।

कार्यक्रममा नेपालको एफएटीएफ यात्र, ग्रे लिस्टिङबाट बाहिरिने प्रयास, अन्तर्राष्ट्रिय अनुभवबाट प्राप्त सिकाइ तथा राष्ट्रिय एएमएलरसीएफटीरसीपीएफ प्रणालीलाई थप मजबुत बनाउने व्यावहारिक उपायहरूबारे छलफल गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै ँक्ष्ग्–नेपालका निर्देशक बासुदेव भट्टराई, हरि कुमार नेपाल, हिमान्सु धायनी तथा राजकमल बस्नेतले वित्तीय अपराध नियन्त्रणका लागि सार्वजनिक–निजी क्षेत्रबीचको सहकार्य, जोखिममा आधारित नियमन, प्रभावकारी अनुसन्धान र जवाफदेहिताको आवश्यकता औंल्याए।

स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालका प्रमुख वित्तीय संस्था प्रमुख राजकमल बस्नेतले वित्तीय अपराध नियन्त्रणका लागि बलियो साझेदारी, निरन्तर सिकाइ र सम्पूर्ण वित्तीय क्षेत्रको साझा प्रतिबद्धता आवश्यक रहेको बताए।

उनले भने, ‘यस्ता पहलमार्फत हामी उद्योगस्तरमै क्षमता अभिवृद्धि गर्न र नेपालको वित्तीय प्रणालीको विश्वसनीयता तथा अनुपालन संरचना मजबुत बनाउन सहयोग पुर्‍याउन चाहन्छौं।’

कार्यशालाले नेपालमा सुरक्षित, पारदर्शी र अन्तर्राष्ट्रियस्तरको वित्तीय प्रणाली निर्माणका लागि स्ट्यान्डर्ड चार्टर्ड बैंकको निरन्तर प्रतिबद्धतालाई थप बल दिएको छ। ज्ञान आदानप्रदान, क्षमता विकास र सरोकारवाला निकायसँगको सहकार्यमार्फत बैंकले नेपालको वित्तीय अपराध नियन्त्रण प्रयासमा योगदान पुर्‍याउँदै आएको जनाएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.