एनआईसी एशिया बैंकद्वारा ‘नयाँ वर्षको नयाँ सुरुवात, जित्नुहोस् आईफोन १६’ योजना घोषणा
काठमाण्डौ । एनआईसी एशिया बैंकले नयाँ वर्ष २०८२ को अवसरमा मोबाइल बैंकिङ सेवा प्रदायक एफवानसफ्ट प्रालिसँगको सहकार्यमा आफ्ना ग्राहकहरुका लागि आकर्षक योजनासहितको ‘नयाँ वर्षको नयाँ सुरुवात, जित्नुहोस् आईफोन १६’ योजना घोषणा गरेको छ । यस योजनामा सहभागी हुने ग्राहकहरुले आईफोन १६ जित्न सक्नेछन् ।