काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३÷८४ मा मुद्रास्फीति ५.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ । मंगलबार सार्वजनिक गरिएको आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत केन्द्रीय बैंकले आगामी आर्थिक वर्षमा मुद्रास्फीति ५.५ प्रतिशतमा सीमित अनुमान गरेको हो ।
मौद्रिक नीति सार्वजनिक गर्दै पश्चिम एशियामा बढेको भू–राजनीतिक तनावका कारण इन्धनको मूल्य बढेर मुद्रास्फीतिमा केही चाप परेपनि हालैको युद्धविरामले स्थिती सहज हुँदै गएकाले मुद्रास्फीति दर ५.५ मा सीमित हुने बताए ।

