प्रभु बैंकको नाफामा ९६५.४१% को उछाल, वितरणयोग्य मुनाफा ३ अर्ब बढी
काठमाण्डौ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार बैंकले ५ अर्ब ४२ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो रकम गत आवको सोहि अवधिको तुलनामा ९६५.४१ प्रतिशतले बढी हो । अघिल्लो आवको चौथौ त्रैमाससम्म बैंकले ५१ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चौथो त्रैमाससम्म बैंकले ७ अर्ब १९ करोड रुपैयाँ खुद ब्याज...

