अग्राधिकार सेयर जारी गर्ने प्रभु बैंकको निर्णय
काठमाण्डौ । प्रभु बैंकले ८.५० प्रतिशत वार्षिक लाभांश दर कायम रहने गरी अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने निर्णय गरेको छ। बैंकको सञ्चालक समितिको चैत २७ गते बसेको ४१५औँ बैठकले उक्त निर्णय गरेको हो।निर्णयअनुसार बैंकले प्रति सेयर रु. १०० दरका ५ करोड इकाई अग्राधिकार सेयर जारी गर्नेछ, जसको कुल परिमाण रु. ५ अर्ब बराबर हुनेछ। यी सेयरहरू व्यक्तिगत तवरबाट संस्थागत...

