घट्दो महङ्गी: तराई र पहाडमा केही सहज, काठमाण्डौ र हिमालमा सकस
काठमाण्डौ । तथ्याङ्कमा महङ्गी लगातार घटिरहेको देखिएको छ । नेपाल राष्ट्रबैंकले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनासम्मको देशको आर्थिक तथा वित्तीय स्थितिको रिपोर्टमा यस्तो देखिएको हो । वार्षिक विन्दूगत आधारमा बैशाख मसान्तसम्ममा मुद्रास्फिति ४.४० प्रतिशतमा सीमित भएको हो । चैत मसान्तसम्म यस्तो मुद्रास्फिति ४.६१ प्रतिशत रहेको थियो ।