मंगलवार, असार १६,२०८३ 01:13:59
Bizshala
  • मंगलवार, असार १६,२०८३ 01:13:59
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

१० महिनामा रु.१९.१६ खर्ब रेमिट्यान्स भित्रियो

Laxmi Sunrise Bank Limited
१० महिनामा रु.१९.१६ खर्ब रेमिट्यान्स भित्रियो

काठमाण्डौ । चालु आवको १० महिनासम्ममा १९ खर्ब भन्दा बढी रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार वैशाख मसान्तसम्ममा १९ खर्ब १६ अर्ब ९० करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको हो ।  

राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह ४१.२ प्रतिशतले वृद्धि भएको छ । बैशाख महिनामा मात्रै विप्रेषण आप्रवाह रु.२ खर्ब ५७ अर्ब ४९ करोड रहको छ ।  

New Office
CG Motors
Garima Development Bank

गत वर्षको सोही महिनामा विप्रेषण आप्रवाह रु.१ खर्ब ६५ अर्ब ३० करोड रहेको थियो ।  

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) २० खर्ब ९१ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो आय रु.१४ खर्ब ८० अर्ब २८ करोड रहेको थियो ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ३,३५,५१० र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ३,२६,३६४ रहेको छ ।  

गत वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ४,०५,६१० र २,८०,३१४ रहेको थियो ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.