नबिल बैंकले पायो ‘प्लेटिनम इन्फोसिस फिनाकल इनोभेसन अवार्ड’
काठमाण्डौ । नबिल बैंक लिमिटेडले ‘प्लेटिनम इन्फोसिस फिनाकल इनोभेसन अवार्ड’ जितेको छ । इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२४ मा प्रोसेस इनोभेसनका लागि नबिलले प्लेटिनम अवार्ड पाएको हो । बैंकलाई अन बोर्डिङ, कर्जा प्रशोधन र ट्रेड फाइनान्सको सेवा सुधारमा गरेको योगदान स्वरूप यो अवार्ड दिइएको हो । यो अवार्ड अन्तर्गत १० विधामा २०० भन्दा बढी मनोनयन गरिएको थियो ।

