बुधबार, श्रावण २७,२०८३ 03:57:26
Bizshala
  • बुधबार, श्रावण २७,२०८३ 03:57:26
Bizshala
Global IME Bank Limited

ग्रिन डेभलपमेन्ट बैंकको नाफामा ७९% को सुधार, आम्दानी र ईपीएस कति ?

Prabhu Bank Limited
ग्रिन डेभलपमेन्ट बैंकको नाफामा ७९% को सुधार, आम्दानी र ईपीएस कति ?
New Office

काठमाण्डौ । ग्रिन डेभलपमेन्ट बैंकको खुद ब्याज आम्दानी बढेसँगै नाफा पनि बढेको छ । बैंकले जारी गरेको गत आवको चौथो त्रैमासको अपिरष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद मुनाफा ७९.५३ प्रतिशतले बढेको हो ।

समिक्षा अवधिसम्म बैंकले ६ करोड ९४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने बैंकले ३ करोड ८६ लाख रुपैयाँबराबरको ख्द नाफा आर्जन गरेको थियो ।  

यस्तै बैंकको खुद ब्याज आम्दानी १७.७३ प्रतिशतले बढेर २० करोड २० लाख रुपैयाँ पुगेको छ ।  

बैंकको वितरणयोग्य मुनाफा ६ लाख ७ हजार रुपैयाँ रहेको छ भने वार्षिक वितरणयोग्य प्रतिसेयर आम्दानी १०.६७ प्रतिशत छ । बैंकको रिटेन्ड अर्निङ ३ करोड ७९ लाख रुपैयाँबाट बढेर ६ करोड ७ लाख रुपैयाँ पुगेको छ । रिजर्भको आकार पनि ५ करोड १६ लाखबाट बढेर ६ करोड ५१ लाख पुगेको छ ।  

६ अर्ब ३७ करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेको बैंकले ४ अर्ब ७३ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ ।  

चौथो त्रैमाससम्म बैंकको इम्पेयरमेन्ट चार्ज घटेको छ । अघिल्लो आवसम्म २ करोड ८९ लाख रुपैयाँ रहेको बैंकको इम्पेयरमेन्ट चार्ज घटेर ६८लाख ३६ हजार रुपैयाँमा सीमित भएको छ । यस्तै बैंकको खराब कर्जा अनुपात ३.३३ प्रतिशत कायम भएको छ ।  

बैंकको प्रतिसेयर आम्दानी १२.१८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२२.११ रुपैयाँ, तरलता अनुपात ३३.३३ प्रतिशत र मूल्य आम्दानी अनुपात १२२.०७ गुणा कायम भएको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.