प्राइम कमर्सियल बैंकको खुद नाफा २.८७ अर्ब, रिटेन्ड अर्निङ ३१.३४ करोड
काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडले २ अर्ब ८७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले सावृजनिक गरेको चालु आवको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको खुद नाफा १६.६६ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म बैंकले २ अर्ब ४६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकको खुद ब्याज आम्दानी ५.६८ प्रतिशतले वृद्धि भएर ५ अर्ब ७८ करोड रुपैयाँको उचाईमा...

