दराज नेपालद्वारा ‘९.९ वार्षिक उत्सव अभियान’को घोषणा,उपभोक्तालाई अत्यधिक बचत गर्ने अवसर
काठमाण्डौ । अनलाइन शपिङ प्ल्याटफर्म दराज नेपालले ९.९ वार्षिक उत्सव अभियान सार्वजनिक गरेको छ । यस कार्यक्रममार्फत उपभोक्ताले ६०% सम्मको फ्ल्यास सेल छुट, निःशुल्क डेलिभरी र १ करोडबराबरको भौचर सुविधा प्राप्त गर्न सक्नेछन् । भदौ २४ गतेदेखि भदौ २६ गतेसम्म चल्ने यस अभियानमार्फत नेपाली उपभोक्तालाई किनमेलको रोमाञ्चक अनुभव प्रदान गर्ने लक्ष्य कम्पनीले लिएको छ ।