शनिबार, आश्विन २४,२०८३ 08:51:49
Bizshala
  • शनिबार, आश्विन २४,२०८३ 08:51:49
Bizshala
Global IME Bank Limited

‘नथिङ फोर ए’ नेपाली बजारमा, यस्ता छन् फिचर्स र मूल्य

Bizshala
‘नथिङ फोर ए’ नेपाली बजारमा, यस्ता छन् फिचर्स र मूल्य
New Office

काठमाण्डौ । विश्व टेक बजारमा फरक डिजाईन, प्रिमियम प्रोडक्ट र एफोर्डेबल प्राईसिङका कारण निक्कै पृथक छवि बनाउन सफल नथिङ स्मार्टफोनले नेपाली बजारमा निरन्तर बलियो पकड बनाउँदै लगेको छ । टेक इन्थ्युजियास्टहरुले निक्कै मनपराएको ब्राण्ड नथिङलाई नेपाली बजारमा चौधरी समूह अन्तर्गतको सिजी मोबाईल्सले आयात तथा विक्रि वितरण गर्दै आएको छ ।

नथिङले आफ्नो प्रिमियम स्मार्टफोन सेरिज नथिङ फोन फोर ए सेरिज हालै विश्व बजारमा ल्याएको छ । जुन सेरिजको नथिङ फोन फोर ए नेपाली बजारमा आईपुगेको छ । ८ जिवि र्याम, १२८ जिवि स्टोरेज, ८ जिवि र्याम २५६ जिवि स्टोरेज र १२ जिवि र्याम र २५६ जिवि स्टोरेज गरि नथिङ फोन फोर ए का तिन भेरियन्ट र ह्वाईट, ब्ल्याक, ब्लु र पिङ्क गरि चार भिन्न कलर अप्सनमा नेपाली बजारमा ल्याईएको हो ।  

‘नथिङ्का उत्पादनहरु अत्यन्त प्रिमियम छन्’, सिजी मोबाईल्सका महाप्रबन्धक विनय जोशीले भन्े्, ‘प्रिमियम डिजाईन, प्रिमयम स्पेक्स्, प्रिमियम प्रोडक्ट तर एफोर्डेबल प्राईसिङ जसले नथिङलाई विश्वभरका टेक इन्थ्युजियास्टले धेरै नै मनपराउँछन् । नेपाली बजारमा पनि नथिङ स्मार्टफोन तथा एक्सेसोरीज्मा उपभोक्ताको ठूलो क्रेज रहेको हामीले पाएका छौं  ।’

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

५५ हजार नौ सय उनान्सय सुरुवाती मूल्य भएको नथिङ फोन फोर ए का शुरुवाती ग्राहकहरुलाई नथिङले ८ हजार नौ सय उनान्सय मूल्यको सिएमएफ वड्स टु ए प्लस निःशुल्क प्रदान गर्ने भएको छ ।  

नथिङले यसपटक आफ्नो फोर ए सेरिजलाई पूर्णतया क्यामेरा सेन्ट्रिक बनाएको छ । ७० एक्स अल्ट्रा जुम सहितको थ्रि क्यामेरा सेटअप भएको यो स्मार्टफोन सेग्मेन्टकै सबैभन्दा उत्कृष्ठ क्यामेरा सेटअप भएको भनेर टेक रिभ्युअरहरुले भनेका छन् ।

एल्मुनियम फ्रेम, र नथिङको सिग्नेचर ट्रान्सप्यारेन्ट ग्लास ब्याक डिजाईन अनि ग्लिफ लाईटको संयोजनले यो फोन अत्यन्तै प्रिमियम देखिएको छ । आईपी ६८ डस्ट एण्ड वाटर रेसिस्टेन्स सर्टिफाईन नथिङ फोर एको बक्स भित्रै प्रिमियम फोन केस समेत प्रदान गरिएको छ ।  

तिन जेनेरेसन सम्मको एण्डरोईड अपडेट प्रमिस गरिएको नथिङ फोर ए मा ब्लोटवेयर रहित क्लिन नथिङ ओएस प्रदान गरिएको छ । नथिङ ओएस पर्सनलाईजेसन र कस्टमाईजेसनमा सबैभन्दा राम्रो ओएस पनि हो ।  

नथिङको सिग्नेचर एसेन्सियल एआई टुल सहित गुगल जेमिनी र च्याट जिपिटी जस्ता प्रिमियम एआई टुल्स इन्टिग्रेटेड गरिएका यि स्मार्टफोनमा स्न्यापड्रागन सेभेन एस जेन फोर प्रोसेसर प्रयोग गरिएको छ ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.