एंकर वाई प्यानासोनिकद्वारा नेपालमा जिभा स्वीच सकेटको अनावरण
काठमाण्डौ । विद्युतीय निर्माण सामाग्री निर्माण कम्पनी एङ्कर वाई पानासोनिकले आफ्नो नवीनतम आविष्कार, जिभा स्वीच सकेटका उत्पादन नेपाली बजारमा अनावरण गरेको छ । कम्पनीले काठमाण्डौको हायात प्यालेसमा आयोजित एक कार्यक्रमका बीच उक्त प्रडक्ट अनावरण गरेको हो । उक्त कार्यक्रममा १५० प्रमुख बिक्रेता र उद्योगका सरोकारवालाहरुको सहभागिता रहेको थियो ।