आईतवार, कार्तिक ८,२०८३ 12:22:27
  • आईतवार, कार्तिक ८,२०८३ 12:22:27
Global IME Bank Limited

‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ सम्पन्न

Bizshala
‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ सम्पन्न
New Office

काठमाण्डौ । नेपालको निर्माण क्षेत्रको विकासमा केन्द्रित ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’को एघारौँ संस्करण आज आईतबार सम्पन्न भएको छ । निर्माण क्षेत्रसँग सम्बन्धित स्वदेशी तथा विदेशी प्रविधि, सामग्री र सेवाहरूलाई एउटै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यका साथ काठमाण्डौको भृकुटीमण्डप स्थित प्रदर्शनी स्थलमा माघ २२ गते देखि सञ्चालनमा आएको प्रदर्शनीमा ६५ हजार अवलोकनकर्ताहरुले भ्रमण गरेका छन् ।

३०० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डको सहभागिता रहेको उक्त प्रदर्शनीमा २०० भन्दा बढी स्टलमार्फत निर्माण उद्योगका नवीनतम सेवा तथा सामाग्रीहरू प्रदर्शन गरियो।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

विगत एक दशकदेखि मिडिया स्पेस सोलुसन्स प्रा।लि। र फ्युचर एक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रा।लि।को संयुक्त आयोजनामा सम्पन्न हँदै आएको नेपाल बिल्डकनले सुरुवातीकाल देखि नै नेपाली निर्माण उद्योगलाई आधुनिक प्रविधि र अन्तर्राष्ट्रिय अभ्याससँग जोड्दै आएको छ। यस प्रदर्शनीले स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्नुका साथै अन्तर्राष्ट्रिय बजारमा प्रचलित नयाँ प्रविधि र सेवाहरू नेपाली बजारमा भित्राउने काम पनि गर्दै आएको छ।

प्रदर्शनीमा आर्किटेक्चरल हार्डवेयर, एल्युमिनियम एक्स्ट्रुजन, मार्बल, टाइल्स, सेनेटरी वेयर, मोड्युलर तथा आधुनिक किचन, रूफिङ, क्ल्याडिङ, लिफ्ट, एलिभेटर, एस्केलेटर, ढोका–झ्याल, फ्लोरिङ, वाल कभरिङ, ग्लास ग्लेजिङ, पाइप तथा प्लम्बिङ सामग्री, कन्स्ट्रक्सन केमिकल, पीभीसी तथा युपीभीसी प्रोफाइल, ब्याट्री, जेनेरेटर, सिमेन्ट र स्टिल लगायत निर्माण क्षेत्रसँग सम्बन्धित सम्पूर्ण सामग्री तथा सेवाहरू समेटिएका थिए।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

निर्माण व्यवसायी, आयातकर्ता, उत्पादक, वितरक, सेवा प्रदायक, आर्किटेक्ट, इन्जिनियर, डिजाइनर तथा घर–भवन निर्माण योजना बनाइरहेका व्यक्तिहरूका लागि प्रदर्शनी अत्यन्त उपयोगी भएको छ ।

प्रदर्शनीको मूख्य प्रायोजक फ्लाइबर्ड इन्टेरियर रहेको थियो भने पावर्ड बाईमा लुम्बिनी सेरामिक्स – लेमिनार टाइल्स रहेको थियो । 

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.