बुधबार, फाल्गुन २०,२०८२ 10:41:01
Bizshala
  • बुधबार, फाल्गुन २०,२०८२ 10:41:01
Bizshala
Global IME Bank Limited

सातै प्रदेशमा भर्चुअल डिजिटल लिडरसीप डायलग हुँदै, उम्मेदवारसँग डिजिटल प्रविधि र नीतिमा छलफल

Hyundai Nepal
सातै प्रदेशमा भर्चुअल डिजिटल लिडरसीप डायलग हुँदै, उम्मेदवारसँग डिजिटल प्रविधि र नीतिमा छलफल
Shivam Cement

काठमाण्डौ । सातै प्रदेशलाई समेटेर ‘भर्चुअल डिजिटल लिडरसीप डायलग’ आयोजना हुने भएको छ। आइसिटी फाउन्डेसन नेपालले उम्मेदवार मेला अन्तर्गत फागुनको पहिलो र दोस्रो साता उक्त भर्चुअल संवाद कार्यक्रम सञ्चालन गर्न लागेको हो।

भर्चुअल डिजिटल लिडरसीप डायलगमा डिजिटल प्रविधि, डिजिटल नेतृत्व (लिडरसीप) तथा नीतिगत विषयमा विस्तृत छलफल गरिने आयोजकले जनाएको छ। साथै, आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको सन्दर्भमा राजनीतिक दल र उम्मेदवारहरूले आफ्ना घोषणापत्रमा समेटेका सूचना तथा सञ्चार प्रविधि (आइसिटी) सम्बन्धी एजेन्डा, विद्यमान चुनौती तथा सम्भावित प्रभावमाथि समेत बहस हुनेछ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

कार्यक्रमअन्तर्गत कम्तीमा सातवटा भर्चुअल सेसन सञ्चालन हुनेछन्। ती सेसनहरूमा सातै प्रदेशका निर्वाचन उम्मेदवार, राजनीतिक नेतृत्व, युवा तथा नागरिक समाजका प्रतिनिधिहरूको सहभागिता रहनेछ। प्रत्येक सेसनमा उम्मेदवार र राजनीतिक नेतृत्वसँग प्रत्यक्ष संवाद तथा प्रश्न–उत्तर सत्रसमेत आयोजना गरिनेछ।

भर्चुअल संवादमा सहभागी हुन इच्छुकले अनलाइन फाराम भर्नुपर्ने आयोजकले जनाएको छ। फाराम भर्नका लागि https://lnk.ua/B4O9dKyVG लिंकमार्फत दर्ता गर्न सकिनेछ।

कार्यक्रममा सातै प्रदेशका राजनीतिक नेतृत्व, उम्मेदवार, युवा, नागरिक समाज, सञ्चारमाध्यम, महिला, सीमान्तकृत समुदाय तथा अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता रहनेछ। भर्चुअल संवादमार्फत निर्वाचन प्रक्रियामा नागरिकको सक्रिय सहभागिता, समावेशिता र पारदर्शिता प्रवर्द्धन गर्ने लक्ष्य लिइएको आयोजकले जनाएको छ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

यसअघि उम्मेदवार मेला अन्तर्गत ललितपुरको पुल्चोकस्थित द प्लाजामा भौतिक रूपमा डिजिटल लिडरसीप डायलग सम्पन्न भइसकेको छ। उक्त कार्यक्रममा फोकस ग्रुप डिस्कसन, किनोट प्रस्तुति तथा राजनीतिक नेतृत्व र उम्मेदवारसँग डिजिटल नेतृत्व र नीतिसम्बन्धी छलफल गरिएको थियो।

प्यानल संवादमा बोल्ने विभिन्न दलका प्रतिनिधिहरूले प्रविधिमैत्री नेतृत्व र व्यवहारिक नीति निर्माण गर्दै डिजिटल रूपान्तरणमा प्राथमिकताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.