बिहीबार, बैशाख १७,२०८३ 03:05:53
Bizshala
  • बिहीबार, बैशाख १७,२०८३ 03:05:53
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आरएम एग्रोटेकले ल्यायो भ्याकुम फ्रिज ड्रायर प्रविधि, कृषि प्रशोधनमा गुणात्मक परिवर्तनको अपेक्षा

Bizshala
आरएम एग्रोटेकले ल्यायो भ्याकुम फ्रिज ड्रायर प्रविधि, कृषि प्रशोधनमा गुणात्मक परिवर्तनको अपेक्षा
Shivam Cement

काठमाण्डौ। कृषि तथा खाद्य प्रशोधन क्षेत्रमा दीर्घकालीन समस्या मानिँदै आएको भण्डारण र गुणस्तर संरक्षणको समाधानका रूपमा नेपालमा पहिलोपटक भ्याकुम फ्रिज ड्रायर (लायोफिलाइजेसन) प्रविधि सार्वजनिक गरिएको छ। आर।एम। एग्रोटेक प्रालिले भारतको अग्रणी शीतलन समाधान प्रदायक आइस मेक रेफ्रिजरेसन लिमिटेडअन्तर्गतको ‘ड्राइमेक’ ब्रान्डमार्फत उक्त अत्याधुनिक प्रविधि नेपाल भित्र्याएको हो।

लायोफिलाइजेसन प्रविधि न्यून तापक्रम र भ्याकुम प्रविधिको संयोजन प्रयोग गरी खाद्य तथा कृषि सामग्री सुकाउने आधुनिक प्रक्रिया हो। यस प्रविधिबाट प्रशोधन गरिएका उत्पादनमा पोषण तत्व, स्वाद, रंग र प्राकृतिक बनावट लामो समयसम्म जोगिने बताइएको छ। फलफूल, तरकारी, मासु, दुग्धजन्य पदार्थ तथा जडीबुटी प्रशोधनमा यसको प्रयोग विशेष प्रभावकारी हुने विज्ञहरूको भनाइ छ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

नेपालमा प्रत्येक वर्ष ठूलो परिमाणमा कृषि उत्पादन प्रशोधन र उचित भण्डारणको अभावमा नष्ट हुँदै आएको सन्दर्भमा यो प्रविधिले किसान तथा कृषि उद्यमीहरूलाई उच्च मूल्य अभिवृद्धिको अवसर दिने अपेक्षा गरिएको छ। निर्यातमुखी उत्पादनका लागि समेत लायोफिलाइजेसन प्रविधि महत्वपूर्ण मानिन्छ, जसले अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनको प्रतिस्पर्धात्मक क्षमता बढाउने विश्वास लिइएको छ।

तीन दशकभन्दा बढी समयदेखि कोल्ड चेन तथा शीतलन समाधान क्षेत्रमा कार्यरत आइस मेक रेफ्रिजरेसन लिमिटेडका विभिन्न प्रविधिहरू नेपालमा आर।एम। एग्रोटेक प्रा।लि। ले वितरण गर्दै आएको छ। भ्याकुम फ्रिज ड्रायरसँगै कम्पनीले कोल्ड स्टोरेज, चिलर, फ्रीजर र आइस प्लान्टजस्ता सम्पूर्ण कोल्ड चेन समाधानहरू पनि नेपाली बजारमा उपलब्ध गराउँदै आएको जनाएको छ।

CG Motors
Garima Development Bank
IME remit

आरएम एग्रोटेक प्रालिका प्रबन्ध निर्देशक प्रकाश मेहताका अनुसार कृषि उत्पादनको संरक्षण र प्रशोधनमा आधुनिक प्रविधिको प्रयोग अपरिहार्य भइसकेको छ। उहाँले लायोफिलाइजेसन प्रविधिले ऊर्जा–कुशल, गुणस्तरीय र दीगो समाधान प्रदान गर्दै किसानदेखि उद्योगीसम्मलाई प्रत्यक्ष लाभ पुर्याउने बताए । यस्ता प्रविधिको विस्तारले नेपालको कृषि प्रणालीलाई आधुनिक बनाउँदै आर्थिक रूपान्तरणमा टेवा पुग्ने उनको भनाइ छ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X